फागुन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल
- फागुन २८, २०८२ | १६२ पटक पढिएको | सीमा संदेश
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल फाल्गुन २८ गते । बिहीबार । इस्वी सन् २०२६ मार्च १२ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । चैत्र कृष्णपक्ष । तिथि–नवमी, ५६ घडी २ पला, रातको ४ बजेर ४४ मिनेट उप्रान्त दशमी । नक्षत्र–मूल, ४२ घडी ३७ पला, बेलुकी ११ बजेर २२ मिनेट उप्रान्त पूर्वाषाढा । योग– सिद्धि, ६ घडी ४८ पला, बिहान ९ बजेर ३ मिनेट उप्रान्त व्यातिपात । करण–तैतिल, दिउँसो ३ बजेर ४९ मिनेट उप्रान्त गर, रातको ४ बजेर ४४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–धनु ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ९ मिनेट । दिनमान २९ घडी ३६पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर १९ मिनेटसम्म शुभ बेला ।
- बिहान ६ बजेर २० मिनेटदेखि बिहान ७ बजेर ४८ मिनेटसम्म रोग बेला ।
- बिहान ७ बजेर ४९ मिनेटदेखि बिहान ९ बजेर १७ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ९ बजेर १८ मिनेटदेखि बिहान १० बजेर ४६ मिनेटसम्म चर बेला ।
- बिहान १० बजेर ४७ मिनेटदेखि बिहान १२ बजेर १५ मिनेटसम्म लाभ बेला ।
- दिउँसो १२ बजेर १६ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म अमृत बेला ।
- दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर १२ मिनेटसम्म काल बेला ।
- दिउँसो ३ बजेर १३ मिनेटदेखि बेलुकी ४ बजेर ४१ मिनेटसम्म शुभ बेला ।
- बेलुकी ४ बजेर ४२ मिनेटदेखि बेलुकी ७ बजेर ४१ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर १२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ४३ मिनेटदेखि बिहान ४ बजेर ३१ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नोकरीमा पदोन्नति हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापन तथा खोजमूलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेको छ । प्रेमका बाटाहरू फराकिला हुनेछन् भने जीवन साथीको पनि सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । शेयर बजार तथा वित्तीय बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विभिन्न भौतिक तथा बिलासी सामानको प्रयोग गर्न पाइनेछ । पढाइ लेखाइ तथा खोजीमूलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट आम्दानी गर्न सकिनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यवसाय विस्तारकै सवालमा यात्रा हुनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विवाद तथा प्रतिस्पर्धामा विजय हुने योग रहेको छ भने न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा सहपाठीहरूलाई उछिन्दै नतिजा हात पार्न सकिनेछ । पुराना ऋण चुक्ता गरी नयाँ व्यवसाय सुचारु गर्न सकिनेछ भने शेयर बजारको लगानीबाट नाफा कमाउन सकिनेछ । स्वास्थ्यमा देखिएका समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने मावली पक्षबाट सहयोग पाइनेछ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बौद्धिक क्षेत्र फराकिलो हुने हुनाले सिर्जनात्मक कार्य गर्न सकिनेछ । अध्ययन अध्यापनको सवालमा आन्तरिक तथा बाह्य यात्राको तय हुनेछ । घर परिवारका साथ रमाइलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा राम्रा काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । उपहार तथा बिलासी सामान प्राप्तिको गतिलो योग रहेको छ । वंश वृद्धिको योग रहको छ भने सन्तानको प्रगति देखेर मन रमाउनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) घर परिवार तथा आफन्तहरूमा विभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेको छ भने आन्तरिक धन सम्पत्तिमा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । पढ्ने लेख्ने काममा खासै मन जाने छैन । कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोष जनका नाफा कमाउन सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो वर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य वृद्धि गर्न सकिने साथै दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुने हुँदा मन प्रसन्न हुनेछ । छोटो, रमाइलो तथा उपलब्धिमूलक यात्रा हुने अधिक सम्भावना रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पतिपत्नी बिचको मधुर प्रेम भावले दाम्पत्य जीवन सुखद हुनेछ । इष्टमित्र सहयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ भने भाग्य शक्ति सुदृढ रहनेछ । धार्मिक चाहनाले थुप्रै तीर्थाटनको अवसर जुर्नेछ । पापीय मनोवृत्ति बिस्तारै हट्दै जानाले मन प्रफुल्लित बन्नेछ । नोकरीमा ख्याति बढ्ने कार्यको सर्वत्र प्रशंसा होला । राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला । व्यापार व्यवसायले आर्थिक सङ्कट निवारण गर्नेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफ्नो दैनिक काम समयमा सम्पादन गरी बचेको समय समाजसेवामा खर्चन पाइने हुनाले मान सम्मान पाइनेछ । इच्छाशक्ति बढ्ने तथा कीर्तिमानी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाइनेछ । घुमफिर तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटोपार्टस सम्बन्धी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्यक्तित्वसँग राय बाझिनेछ । तर पनि विदेशी सामानको व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तथा कामको सिलसिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । इच्छा आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाको प्रभावले सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । मित्र तथा आफन्तको सहयोग पाइने हुनाले दैनिकी सहज रूपमा बित्नेछ । सङ्गीत तथा फिल्मी क्षेत्रमा केही समय व्यतीत हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ । व्यापार वा वित्तीय क्षेत्रको लगानीबाट लाभ लिन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । प्रेमील जोडीहरूका लागी समयले साथ दिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।