घट्यो कुखुरा मासुको भाउ

  • फागुन २८, २०८२ | १८४ पटक पढिएको | सीमा संदेश
alt

बजारमा कुखुरा मासुको भाउ घटेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार भोलि बिहीबारदेखि लागु हुने गरी मासुको भाउ घटेको हो ।

संघ अध्यक्ष जंगबहादुर बीसीले कुखुरा मासुको भाउ किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म घटेको जानकारी दिए ।

उनका अनुसार जिउँदो कुखुरामा प्रतिकिलो १० रुपैयाँ घटेर २ सय ७० रुपैयाँ कायम भएको छ । यसअघि जिउँदो कुखुरा किलोको २ सय ८० रुपैयाँ थियो ।

यस्तै तयारी कुखुरा मासुको भाउ पनि घटेको छ । तयारी मासु प्रतिकिलो १५ रुपैयाँ घटेको हो । यसअघि ३ सय ८० रुपैयाँ रहेको तयारी मासुको भाउ ३ सय ६५ रुपैयाँमा झरेको अध्यक्ष बीसीले बताए ।

यतिबेला कुखुरा उत्पादनमा वृद्धि भएको र खपत कम भएका कारण मासुको मूल्य घटेको उनको भनाइ छ । ‘उत्पादन वृद्धि भइरहेको छ, तर बिक्री एकदमै कम छ,’ उनले भने ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब