चैत्र ५ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

  • चैत ५, २०८२ | ३४३ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल चैत्र ५ गते । बिहीबार । इस्वी सन् २०२६ मार्च १९ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र कृष्णपक्ष । तिथि–औँसी, २ घडी २० पला, बिहान ७ बजेर ७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–उत्तराभाद्रपाद, ५७ घडी २३ पला, रातको ५ बजेर ९ मिनेट उप्रान्त रेवती । योग–शुक्ल, ५० घडी २५ पला, रातको २ बजेर २२ मिनेट उप्रान्त ब्रह्म । करण–नाग, बिहान ७ बजेर ७ मिनेट उप्रान्त किंस्तुध्न, बेलुकी ६ बजेर ३३ मिनेट उप्रान्त बव । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मीन ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १२ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १३ मिनेट । दिनमान ३० घडी ५ पला ।

आजको बार बेला ।

  • बिहान ६ बजेर १२ मिनेटसम्म शुभ बेला ।
  • बिहान ६ बजेर १३ मिनेटदेखि बिहान ७ बजेर ४२ मिनेटसम्म रोग बेला ।
  • बिहान ७ बजेर ४३ मिनेटदेखि बिहान ९ बजेर १२ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ९ बजेर १३ मिनेटदेखि बिहान १० बजेर ४२ मिनेटसम्म चर बेला ।
  • बिहान १० बजेर ४३ मिनेटदेखि बिहान १२ बजेर १३ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो १२ बजेर १४ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म अमृत बेला ।
  • दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर १३ मिनेटसम्म काल बेला ।
  • दिउँसो ३ बजेर १४ मिनेटदेखि बेलुकी ४ बजेर ४३ मिनेटसम्म शुभ बेला ।
  • बेलुकी ४ बजेर ४४ मिनेटदेखि बेलुकी ७ बजेर ४३ मिनेटसम्म अमृत बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउँसो १ बजेर ४२ मिनेटदेखि दिउँसो ३ बजेर १३ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ३६ मिनेटदेखि बिहान ४ बजेर २४ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमीको महसुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथीभाइ तथा आफन्तहरूको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागी अलि बढी मेहनत गर्नुपर्नेछ । विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ ।
  • बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसाय, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । शैक्षिक गुणस्तरमा वृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ । दाजुभाइ तथा आफन्तहरुले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्तिको गतिलो योग रहेको छ । भविष्यका लागी काम गर्न सकिने समय रहेको छ । प्रेमको डोरो कसिलो भएर जानेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) इच्छाशक्ति बढ्नुका साथै काम गर्नको लागी उत्साहजनक समय रहेको छ । प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयको सदुपयोग गरी मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नसोचेको उपलब्धि हासिल हुनेछ भने समयले साथ दिने हुनाले तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइने हुनाले असजिला कामहरू सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेको छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अरूकै काममा समय बित्ने हुँदा पढाइ लेखाइ प्रभावित हुनेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले तत्कालका लागी कुनै योजना नबनाउनु नै उचित हुनेछ । ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्दा दैनिक कामहरू प्रभावित हुनेछन् । प्रेम सम्बन्धमा मनमुटाबको अवस्था सिर्जना हुनेछ भने पति पत्नी बिच अविश्वास पैदा हुन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुसी भएको महसुस गर्नेछन् । व्यापारकै सिलसिलामा यात्रा हुने योग रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनाले मन प्रसन्न हुनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । आफन्त तथा मावलीको सहयोग प्राप्त हुनेछ । न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा फैसला हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापार तथा शेयर बजारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ योजनाको रूप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाइने हुँदा पन प्रसन्न रहनेछ । उपहार तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाइबाट टाढिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरू सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।
  • मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्ठान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङकन हुने ग्रहयोग रहेको छ । व्यापार तथा शेयर बजारबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । विवादित विषयहरूको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यवसायमा नाफा कमाउन अरुदिन भन्दा बढी समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनै पनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिना नै प्रस्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) क्षमता प्रदर्शन गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा समय दिन सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ ।

तपाईँको दिन शुभ रहोस् ।

छठ पर्वका अवसरमा प्रधानमन्त्री बालेन जनकपुरधाम आउ

प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ छठ पर्व ...

कोशी ब्यारेजको विकल्पमा नयाँ पुल बन्ने

कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तकोशी नदीमाथि नयाँ ...

जनकपुर–अयोध्या रेल सेवा अन्तिम तयारीमा, दुवै देशका

नेपालको धार्मिकस्थल जनकपुरधामदेखि भारतको अयोध्यासम्म वि ...

कार्तिक १४ गते शनिबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १४ गते । शनिबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब