गोलबजारस्थित दुई घरमा चोरी

  • चैत ५, २०८२ | १९३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा–८ पुरानो चौक चोहर्वामा दुई जनाको घरमा चोरी भएको छ।

प्रहरीका अनुसार गोलबजार नगरपालिका वडा–९ डन्डा टोलका शिवकुमार महतो र अशोक सिंह (शक्ति) को घरमा गए राति चोरी भएको छ । दुई घरमा गरी करिब २० लाख रुपैयाँ बराबरको चोरी भएको अनुमान गरिएको छ।

सिंह हाल वडा–८ पुरानो चौक चोहर्वामा घर निर्माण गरी फेन्सी पसल सञ्चालन गर्दै आएका थिए । तर, व्यवसाय राम्रो नचल्दा उनले करिब ६ महिनादेखि पसल बन्द गरी गाउँमै बसोबास गर्दै आएका थिए । गाउँमै खेतिपातीमा व्यस्त भएका उनी समय–समयमा बजारको घरमा आएर रेखदेख गर्ने गर्थे । हिजो साँझ पनि उनले घरमा बत्ती बालेर गाउँ फर्किएका थिए। आज दिउँसो करिब ३ बजे घरमा आउँदा ढोका खोलेपछि दराज खुला अवस्थामा देखिएपछि घरमा चोरी भएको थाहा पाएको उनले जानकारी दिए।

उनका अनुसार चोरी गए राति भएको हुन सक्ने अनुमान गरिएको छ। अशोक सिंहको घरबाट करिब साढे चार तोला सुन, ४५ तोला चाँदी, ३५ हजार भारतीय रुपैयाँ (करिब ५५ हजार नेपाली रुपैयाँ) लुटिएको छ। त्यस्तै, शिवकुमार महतोको घरबाट पनि नगद तथा अन्य सामान लुटिएको छ।

दुवै जनाको घरमा केही दिनदेखि कोही नभएको मौका छोपेर चोरी भएको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार दुवै घरमा छतबाट मानिस पसेर चोरी गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसिले घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब