जनकपुरधाम स्थित एक डान्स बारमा युवती कुटपिट गर्ने पक्राउ

  • चैत १८, २०८२ | २९९ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम स्थित एक डान्स बारमा कार्यरत युवतीहरूले यौनकार्य गर्न अस्वीकार गर्दा सामूहिक कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । घटनामा संलग्न आरोपमा पक्राउ परेका बारका ती दुई कर्मचारीविरुद्ध मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी मुद्दा अघि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियास्थित मुख्य सडक छेउमा रहेको ‘ब्ल्याक एण्ड ह्वाइट डान्स बार क्लब’ मा चैतको पहिलो साता उक्त घटनाका पीडित चार जना युवतीले यौनजन्य कार्यमा आफूहरु संलग्न नहुँदा अमानवीय व्यवहार र कुटपिट गरिएको भनी प्रहरीमा उजुरी दिएकी थिइन । पीडित युवतीहरूको निवेदनका आधारमा बारका लेखापाल सञ्जयकुमार यादव र कर्मचारी काशिन्द्र महतोलाई पक्राउ र उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपोसारको अभियोगमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी गणेशबहादुर बमले जानकारी दिएका छन् । पीडितका अनुसार उनीहरू ‘वेट्रेस’को रूपमा काम गर्न भन्दै बारमा भर्ना भएका थिए । तर, केही समयदेखि व्यवस्थापन पक्षले ग्राहकसँग जबरजस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिँदै आएको थियो ।

चैत ३ गते सोही विषयमा विवाद भएपछि युवतीहरूले यौनकार्य गर्न अस्वीकार गर्दै प्रतिकार गरेका थिए । त्यसलगत्तै उनीहरूलाई एउटा कोठामा थुनेर लात्ती, मुक्का र पाइपले सामूहिक रुपमै निर्घात कुटपिट गरिएको उजुरीमा भनिएको छ । एक पीडित युवतीले भनिन्, ‘हामी काम गरेर गुजारा चलाउन आएका थियौँ । तर, यहाँ हामीलाई जबरजस्ती यौन दासीजस्तो व्यवहार गरियो ।’ पीडितहरूले कुटपिटपछि आफूहरूलाई बाहिर निस्कन नदिइएको, मोबाइल फोनसमेत खोसिएको र मानसिक दबाबमा राखिएको बताएका छन् । साथै, काम गरेबापतको ज्याला र टिप्ससमेत नदिइएको उनीहरूको गुनासो गरेकी छिन् ।

यसैबीच पीडित युवतीहरूले आइतबार औपचारिक रूपमा मानव बेचबिखन तथा ओसारपोसारको जाहेरी दिएपछि धनुषा जिल्ला अदालतले पक्राउ परेकामाथि अनुसन्धानका लागि म्याद थप गरेको छ । प्रवक्ता बमका अनुसार हाल पीडितहरूलाई सुरक्षित स्थानमा राखेर उपचार तथा कानूनी परामर्श प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजीसमेत भइरहेको छ । नेपालको मानव बेचबिखन तथा ओसारपोसार -नियन्त्रण) ऐन, २०६४ अनुसार यस्तो अपराधमा संलग्न व्यक्तिलाई १० देखि २० वर्षसम्म कैद सजाय र ५० हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब