सिराहामा दुई केन्द्राध्यक्षसहित ६ जना निष्कासित

  • चैत २०, २०८२ | २४४ पटक पढिएको | सीमा संदेश
alt

माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन नेपाली विषयको परीक्षामा सिरहाबाट अनुगमन टोलीले करिब दुई सय मोबाइल बरामद गरेको छ । जिल्लाका विभिन्न ९ वटा परीक्षा केन्द्रबाट २ थान स्मार्ट वाच र १९४ थान मोबाइल नियन्त्रणमा लिइएको शिक्षा विकास तथा समन्वय इकाई सिरहाले जनाएको छ ।

अनुगमनका क्रममा मोबाइलसहित संलग्न रहेको आरोपमा २ जना केन्द्राध्यक्ष र ४ जना निरीक्षकलाई निष्कासन गरिएको छ । निष्कासन हुनेमा बालमन्दिर माध्यमिक विद्यालय, सिरहा सदरमुकामका केन्द्राध्यक्ष संजय यादव र जनता माध्यमिक विद्यालय फुलबरियाका केन्द्राध्यक्ष रामकिशोर यादव  छन् ।

शिक्षा समन्वय इकाई प्रमुख दिपक राज कनौलीका अनुसार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाण्डेको नेतृत्वमा गएको अनुगमन टोलीले परीक्षा अमर्यादित बनाएको  पाइएपछि कारबाही गरिएको हो ।

यो वर्ष सिरहाबाट कुल ११ हजार ३७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन्। जसमा साधारणतर्फ १० हजार ६२५ र प्राविधिकतर्फ ४१२ जना रहेका छन्। परीक्षार्थीमध्ये ५ हजार ३०८ छात्रा र ५ हजार ७२९ छात्र छन् ।

जिल्लामा परीक्षा सञ्चालनका लागि ५१ वटा केन्द्र निर्धारण गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब