चैत्र २२ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

  • चैत २२, २०८२ | १३७ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग्

वि.सं.२०८२ साल चैत्र २२ गते । आइतबार । इस्वी सन् २०२६ अप्रिल ५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । बैसाख कृष्णपक्ष । तिथि–तृतीया, ११ घडी ४७ पला, बिहान १० बजेर ३५ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–विशाखा, ४२ घडी ३७ पला, बेलुकी १० बजेर ५५ मिनेट उप्रान्त अनुराधा । योग–बज्र, १९ घडी ५८ पला, दिउँसो १ बजेर ५२ मिनेट उप्रान्त सिद्धि । करण–भद्रा, बिहान १० बजेर ३५ मिनेट उप्रान्त बव, बेलुकी ११ बजेर ३१ मिनेट उप्रान्त बालव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–तुला, बेलुकी ४ बजेर १९ मिनेट उप्रान्त वृश्चिक ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ५३ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २२ मिनेट । दिनमान ३१ घडी १५  पला ।

दिन विशेष :  भद्रा १०:३५ बजेसम्म। स्वामी शशिधर जन्म जयन्ती।

आजको बार बेला ।

  • बिहान ५ बजेर ५३ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ५ बजेर ५४ मिनेटदेखि बिहान ७ बजेर २६ मिनेटसम्म चर बेला ।
  • बिहान ७ बजेर २७ मिनेटदेखि बिहान ९ बजेर ० मिनेटसम्म लाभ बेला ।
  • बिहान ९ बजेर १ मिनेटदेखि बिहान १० बजेर ३४ मिनेटसम्म अमृत बेला ।
  • बिहान १० बजेर ३५ मिनेटदेखि बिहान १२ बजेर ८ मिनेटसम्म काल बेला ।
  • दिउँसो १२ बजेर ९ मिनेटदेखि दिउँसो १ बजेर ४१ मिनेटसम्म शुभ बेला ।
  • दिउँसो १ बजेर ४२ मिनेटदेखि दिउँसो ३ बजेर १५ मिनेटसम्म रोग बेला ।
  • दिउँसो ३ बजेर १६ मिनेटदेखि बेलुकी ४ बजेर ४९ मिनेटसम्म उद्वेग बेला ।
  • बेलुकी ४ बजेर ५० मिनेटदेखि बेलुकी ७ बजेर ४९ मिनेटसम्म शुभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बेलुकी ४ बजेर  ४८ मिनेटदेखि बेलुकी ६ बजेर २२ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट :राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर १७ मिनेटदेखि बिहान ४ बजेर ५ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रमाइलो यात्रा हुनेछ भने यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान आकर्षित गर्न सकिनेछ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । न्यायसङ्गत काम नगर्दा दण्ड वा जरिवाना हुन सक्छ ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्यले साथ नदिने हुनाले दौडधुप नगर्नुहोला । व्यापारमा भनेजस्तो आम्दानी हुने छैन । न्यायिक निर्णयहरू तपाईँको पक्षमा फैसला नहुन सक्छ । माया प्रेममा अविश्वास वा धोका हुनेछ । ऋण, रोग तथा शत्रुको सामान गर्नुपर्दा मन खिन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट खासै सहयोग पाइने छैन । तर पनि प्रविधिको प्रयोग गरी अध्ययनलाई सुधार गर्न सकिनेछ । अध्ययन वा नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार वा शेयर बजारमा आज लगानी गरी आम्दानी गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सजक नबन्दा आफन्त टाढिनेछन् । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको कष्टकर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । छोटो समयका लागी हेरिने फाइदाले पछि घाटा हुन सक्छ । योजनाहरू तत्काल सार्वजनिक नगर्नु नै उत्तम हुनेछ । तर पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । बैक तथा वित्तीय बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) असजिलो परिस्थितिमा साथ दिनेहरू कमै भेटिनेछन् । कुनै पनि काम गर्दा नियम सङ्गत गर्नुहोला, बलजफ्ती गर्दा समस्या आउन सक्छ । बन्बुधबान्धबहरूसँग मनमुटाब बढ्ने तथा छिमेकीहरूसँग विवाद हुने योग रहेको छ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । छोटो दुरीको यात्रा कष्टकर हुन सक्छ । तर पनि वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । कागज तथा प्रेस सम्बन्धी कामबाट आम्दानी हुनेछ । साँझपख आमा तथा आफन्त सँग छुट्टिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कार्यक्षेत्रमा तपाईँको बोलीको प्रभावले महत्त्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नातागोताको सहयोगले सुरु गरेको कामहरू स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछन् । व्यापारमा लगानी गरी आर्थिक पक्ष सुदृढ बनाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । अध्ययनमा अरूभन्दा एक कदम अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र आफूतिर ल्याउन सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरूको भरपर्दा काम नबन्ने तथा चिताएको काममा विलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्‍याउनाले व्यवहार बिग्रनेछ भने गलत सङ्गतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइन सक्छ । तर पनि अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । साँझपख समय राम्रो रहेकोले आर्थिक क्षेत्रमा फड्को मार्न सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काम गर्ने थुप्रै बाटाहरू भेटिनेछन् भने व्यापार तथा शेयर बजारमा आज गरिने लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकताहरू परिपूर्ति गर्न सकिनेछ  । मायाको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शरीरमा घाउ,खटिरा तथा चोटपटकको भए रहनेछ ।  आफन्तसँगको लेनदेन कारोबारले शत्रुता बढ्नेछ । माया प्रेममा सामान्य मनमुटाब बढ्ने तथा श्रीमान् श्रीमती बिचको सम्बन्धमा उतार चढाव बढ्नेछ । बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ । समाजसेवा तथा राजनीतिमा जनताको साथ नपाइने हुँदा पद प्राप्तिको योग टरेर जानेछ । साँझपख प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी गर्न सकिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । धार्मिक यात्रा हुने तथा मन्दिर र धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । माया प्रेममा साथ पाइने तथा रमाइलो यात्रा गर्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटो पार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । काम वा अध्ययनको लागी विदेश जान खोज्दै हुनुहुन्छ भने समयले साथ दिनेछ । अध्ययन वा कामबाट विश्राम लिँदै यात्राको निस्कन सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो खटाइका बाबजुद आंशिक सफलता हात पार्न सकिनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभाव हुनेछ । स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुनेछ । विवाद तथा आलोचना हुँदाहुँदै पनि जिम्मेवारी बहन गर्नुपर्ने समय रहेको छ । साँझपख समय राम्रो रहकोले धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । व्यापारमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकि ...

सहिद हेमनारायण गोल्डकप : काठमाण्डौँ फाइनलमा प्रवेश

सिरहा । सिरहाको शंकर रंगशालामा जारी चौथो संस्करणको &lsq ...

जेठ १३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ १३ गते । बुधबार । इ ...

सहिद हेमनारायण गोल्डकप : सलहेश युवा क्लव सिरहा सेम

सिरहा । सिरहाको शंकर रंगशालामा जारी चौथो संस्करणको &lsq ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब