अमेरिका-इरान युद्धविरामको प्रभाव: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

  • चैत २५, २०८२ | ८० पटक पढिएको | सीमा संदेश
alt

अमेरिका र इरानबीच युद्धविरामको सहमति भएसँगै विश्व अर्थतन्त्र र वित्तीय बजारमा सकारात्मक प्रभाव देखिएको छ । रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको होर्मुजबाट तेल र ग्यासको निर्यात पुनः सुचारु हुने सुनिश्चिततासँगै अन्तर्राष्ट्रिय बजारमा ऊर्जा र सेयरको मूल्यमा ठुलो फेरबदल आएको हो ।

युद्धविरामको घोषणा लगत्तै विश्व बजारमा कच्चा तेलको मूल्यमा करिब १५ प्रतिशतको भारी गिरावट आएको छ । ब्रेन्ट क्रुड र डब्लुटीआई दुवैको मूल्यमा उच्च गिरावट आएपछि महँगी घट्ने आशामा लगानीकर्ता उत्साहित देखिएको अलजजिराले लेखेको छ ।

अमेरिकी सेयर बजारमा प्रविधि क्षेत्रका दिग्गज कम्पनीहरू एनभिडिया, टेस्ला र इन्टेलको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यद्यपि, कच्चा तेलको मूल्य घटेका कारण अमेरिकी ऊर्जा कम्पनीको सेयर भने करिब ३ प्रतिशतले ओरालो लागेको छ ।

यता एसियाली बजारमा पनि युद्धविरामको सन्देशले हरियाली छाएको छ । जापानको निक्की ५ प्रतिशतभन्दा बढीले बढेर खुला भएको छ भने दक्षिण कोरियाको कोस्पी झन्डै ६ प्रतिशतले उकालो लागेको छ ।

एसियाली बजारमा कारोबारको सुरुवातमा अमेरिकी डलर दुई सातायताकै न्यून बिन्दुमा झरेको छ । डलर कमजोर बन्दा युरो, ब्रिटिस पाउन्ड, जापानी येन, अस्ट्रेलियन डलर र न्युजिल्यान्ड डलरको विनिमय दरमा भने सुधार देखिएको छ ।

होर्मुजबाट हुने आपूर्ति अवरोध हट्ने संकेतले विश्वभरको आपूर्ति शृङ्खलामा राहत पुग्ने र यसले वित्तीय बजारलाई थप स्थिर बनाउने अनुमान गरिएको छ ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब