गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको छ । नयाँ सरकार गठन भएलगत्तै गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको हो । चालू आर्थिक वर्षमा गहुँको प्रतिक्विन्टल तीन हजार नौ सय ४५ रुपैयाँ र धानको मूल्य प्रतिक्विटल दुई हजार आठ सय ५६ रुपैयाँ ४९ पैसा प्रतिक्विटल मूल्य निर्धारण गरिएको हो ।
यो १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन हो । १८ प्रतिशतभन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल एक किलो दुई सय ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ ।
गत वषको तुलनामा गहुँको मूल्य प्रतिक्विटल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको प्रतिक्विटल ५५ रुपैयाँ आठ पैसा वृद्धि भएको हो । गत आर्थिक गत वर्षमा गहुँको मूल्य तीन हजार आठ सय ६७ रुपैयाँ ३८ पैसा प्रतिक्विन्टल र चैते धानको दुई हजार आठ सय रुपैयाँ ६९ पैसा प्रतिक्विटल रुपैयाँ थियो । सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न र उत्पादन वृद्धि प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved