तीनवटा प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने

  • वैशाख ५, २०८३ | १४१ पटक पढिएको | सीमा संदेश
alt

देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा उच्च गर्मीको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । 

लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको  सम्भावना छ ।

“मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको छ,” विभागले भनेको छ ।

विभागले राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । कोसी प्रदेशको पहाडी र तराईलगायत बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशको पहाडी र हिमाली भूभागलगायत गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

“अझै केही दिन मौसम अहिलेकै जस्तो रहनेछ । तत्काल अर्को प्रणाली विकास नहुने भएकाले यस्तै नै हुनेछ,” मौसमविद् डेभिड ढकालले भने, “आज पनि धनगढीमा ३६ देखि ३८ डिग्री सेल्सियसबीच तापक्रम रहनेछ ।” 

उनले विभागले तातो दिन भनेर उच्चतम तापक्रम यतिसम्म पुग्छ भनेर थ्रेसहोल्ड भने नतोकेको बताए । 

तर, सामान्यतया ३५ डिग्रीभन्दा माथि रहने उनले बताए । शुक्रबार भैरहवामा ३५.३, नेपालगञ्जमा ३६.९, दिपायलमा ३७.८ र धनगढीमा ३६.४ डिग्री सेल्सियस तापक्रम रहेको थियो ।  

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब