वैशाख २० गते आइतबार,यस्तो छ तपाईंको राशिफल

  • वैशाख २०, २०८३ | १३४ पटक पढिएको | सीमा संदेश
alt

वि.सं.२०८३ साल वैशाख २० गते । आइतबार । इस्वी सन् २०२६ मे ३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । जेष्ठ कृष्णपक्ष । तिथि–द्वितीया, ४९ घडी ५८ पला, रातको १ बजेर २४ मिनेट उप्रान्त तृतीया । नक्षत्र–विशाखा, १ घडी ४९, बिहान ६ बजेर ९ मिनेट उप्रान्त अनुराधा ।

योग–वरियान, २० घडी २९ पला, बेलुकी ९ बजेर ३७ मिनेट उप्रान्त परिध । करण–तैतिल, मध्यान्ह १२ बजेर २६ मिनेट उप्रान्त गर, रातको १ बजेर २४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–वृश्चिक । काठमाडौँमा सूर्योदय बिहान ५ बजेर २५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३७ मिनेट । दिनमान ३३ घडी १ पला ।

आजको बार बेला 
बिहान ५ बजेर २५ मिनेटसम्म उद्धेग बेला ।
बिहान ५ बजेर २६ मिनेटदेखि बिहान ७ बजेर ४ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर ५ मिनेटदेखि बिहान ८ बजेर ४३ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर ४४ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर २४ मिनेटदेखि बिहान १२ बजेर २ मिनेटसम्म काल बेला ।
दिउसो १२ बजेर ३ मिनेटदेखि दिउसो १ बजेर ४१ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर ४२ मिनेटदेखि दिउसो ३ बजेर २० मिनेटसम्म रोग बेला ।
दिउसो ३ बजेर २१ मिनेटदेखि बेलुकी ४ बजेर ५९ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ५ बजेर ० मिनेटदेखि बेलुकी ७ बजेर ५९ मिनेटसम्म शुभ बेला ।
नोट :शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बेलुकी ४ बजेर ५८ मिनेटदेखि बेलुकी ६ बजेर ३७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त
बिहान ३ बजेर ४९ मिनेटदेखि बिहान ४ बजेर ३७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

  • आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्त्वहरूले प्रभावित पार्नेछ । कार्यक्षेत्रमा काम बिग्रने तथा तपाईँको आलोचना गर्नेहरू बढ्नेछन् । पुराना समस्याहरू पुनः आईलाग्ने तथा शत्रुहरूले दुःख दिनेछन् । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला दुख हुने अधिक सम्भावना रहेको छ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग भएपनि तपाईँकै कारणले टरेर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धी हरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । न्यायालयबाट हुने न्यायिक निर्णय तपाईँको पक्षमा नआउन सक्छ । प्रेममा रमाउने चाहनेहरूका लागि समय मध्यम रहेको छ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउने सक्छ । आउने ठाउँबाट रकम नआउनाले व्यवसायमा लगानी गर्ने अवसर टरेर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धन, सम्पत्ति, चिठ्ठा तथा उपहार आकस्मिक प्राप्तिको योग रहेको छ । माया प्रेममा सामीप्य बढेर जानेछ भने पति पत्नी बिचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपुर सहयोग गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईँकै पोल्टोमा पर्नेछ । व्यापारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो आम्दानी हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ भने जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । अन्य व्यापार व्यवसायमा मन्दी आए पनि घरजग्गा तथा सवारी साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । अध्ययनमा  नतिजा हात पार्न राम्रै मेहनत गर्नुपर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) असजिलो परिस्थितिमा साथ दिनेहरू कमै भेटिनेछन् । कुनै पनि काम गर्दा नियम सङ्गत गर्नुहोला, बलजफती गर्दा समस्या आउन सक्छ । बन्धुबान्धबहरुसँग मनमुटाब बढ्ने तथा छिमेकीहरूसँग विवाद हुने योग रहेको छ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । छोटो दुरीको यात्रा कष्टकर हुन सक्छ । तरपनि व्यापार तथा उद्योगमा लगानी गरी नाफा कमाउन सकिनेछ । कागज तथा प्रेस सम्बन्धी कामबाट आम्दानी हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । सापटी लगिएका धन तथा सम्पत्ति फिर्ता हुने योग रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईँ कै पोल्टोमा पर्नेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय खर्चिनेहरूका लागि समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाईलो गर्ने अवसर जुर्नेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । बिद्यार्थीहरुले मेहनत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) फजुल खर्च बढ्नेछ । खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा वृद्धि हुने योग रहेको छ । व्यापारमा भनेजस्तो आम्दानी नहुँदा दैनिकी प्रभावित हुन सक्छ । आफ्नै मानिसलाई विश्वास गर्दा धोका पाइनेछ । लामो दुरीको विदेश यात्रा हुनेछ भने विदेशी सामानको व्यापारबाट आम्दानी गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामीप्य बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  कार्यक्षेत्रमा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरू सक्रिय हुनेछन् । अनावश्यक साईनो गास्ने तथा बचन दिनेहरूबाट सजक रहनुहोला । सेवा प्रवाह गर्नेहरूले समयमा काम नगर्दिनाले महत्त्वपूर्ण अवसरबाट वञ्चित हुनु पर्नेछ । राजनीति  कर्मीहरूका लागी समय मध्यम रहेकोले जनताबाट आलोचना सहनु पर्नेछ । आमा बुवा तथा अग्रजसँग मनमुटाब बढ्ने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खानपान तथा मौसमको ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ । व्यापारमा मन्दी आउने तथा आम्दानी कम हुनाले दैनिकी असहज बन्नेछ । पुराना समस्या पुनह दोहोरिनाले अलमलमा नै समय व्यातित हुनेछ । माया प्रेममा एक अर्कालाई अबिस्वास गर्दा केही समयको लागी बिछोड हुन सक्छ । तरपनि अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

छठ पर्वका अवसरमा प्रधानमन्त्री बालेन जनकपुरधाम आउ

प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ छठ पर्व ...

कोशी ब्यारेजको विकल्पमा नयाँ पुल बन्ने

कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तकोशी नदीमाथि नयाँ ...

जनकपुर–अयोध्या रेल सेवा अन्तिम तयारीमा, दुवै देशका

नेपालको धार्मिकस्थल जनकपुरधामदेखि भारतको अयोध्यासम्म वि ...

कार्तिक १४ गते शनिबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १४ गते । शनिबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब