मौसममा तत्काल सुधार नआउने, यो साताभर वर्षाको सम्भावना

  • वैशाख २०, २०८३ | ५८ पटक पढिएको | सीमा संदेश
alt

मौसमविदले अहिलेको मौसमी अवस्थामा तत्काल उल्लेख्य सुधार नहुने जनाएका छन् ।

जल तथा मौसम विज्ञान विभागका मौसमविदले यो साताभर देशभर नै वर्षाको सम्भावना औंल्याएका छन् । सबैभन्दा धेरै प्रभावित गण्डकी प्रदेश हुने छ ।

गण्डकीको तराई, पहाड र हिमाल भेगमा यो हप्ताभरी नै हिमपात तथा वर्षाको सम्भावना छ । एक–दुई ठाउँमा त भारी हिउँ वा पानी पर्ने सम्भावनासमेत छ ।

मौसमविदहरुले बेला–बेलामा एकछिन पानी पर्न रोकिए पनि फेरि पानी पर्ने प्रक्षेपण गरेका छन् ।

तराई क्षेत्रको मौसम पूर्वानुमान

हिजोदेखि नै विभिन्न जिल्लाहरुमा वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालले यो हप्ताभर देशका विभिन्न भागमा चट्याङ सहित पानी पर्ने सम्भावना रहेको बताए ।

उनका अनुसार मंगलबारसम्म कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका धेरै ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ । यी प्रदेशका एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना पनि छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भने थोरै ठाउँहरुमा मात्रै मध्यमसम्मको मात्रै पानी पर्ने सम्भावना रहेको ढकालले बताए ।

बुधबारदेखि विहीबारभित्र सबै प्रदेशका तराई क्षेत्रमा थोरै ठाउँहरुमा मध्यमसम्म पानी पर्ने प्रक्षेपण छ ।

पहाडी भेगमा पनि यो साताभर वर्षाको सम्भावना

मौसमविदहरुका अनुसार पहाडी भेगमा आगामी मंगलबारभित्र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ ।

बुधबारदेखि विहीबारभित्र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ ।

गण्डकी प्रदेशमा यो हप्ताभरी तथा कोशी, बागमती लुम्बिनीमा मंगलबारभित्र एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना छ ।

हिमाली भेगमा पनि हिउँ वा पानीको सम्भावना

मौसमविद ढकालका अनुसार यो हप्ताभर हिमाली क्षेत्रमा पनि हिउँ वा पानी पर्ने सम्भावना छ ।

आतबार, सोमबार र मंगलबारसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ ।

बुधबारदेखि भने हिमाली भेगमा केही ठाउँहरुमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ ।

हाल मधेश र सुदूरपश्चिम बाहेकका सबै प्रदेशमा वर्षा भइरहेको छ । अहिले पनि लुम्बिनी र गण्डकीमा मध्यम खालको वर्षा भइरहेको छ ।

लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा आज दिउँसो पनि भारी वर्षाको सम्भावना रहेको मौसमविदको भनाइ छ ।

त्यसैले मौसमको अध्यावधिक जानकारी लिएर मात्रै कामको योजना बनाउन मौसमविदले सुझाव दिएका छन् ।

गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीको मुसिकोटमा

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार गत चौबिस घण्टामा सबैभन्दा धेरै वर्षा गुल्मीको मुसिकोटमा भएको छ । मुसिकोटमा ८६.६ मिलिमिटर वर्षा मापन भएको छ ।

यसैगरी देवघाट, नवलपुरको देउराली, दुम्कौली लगायतका स्थानमा तथा अछामको असराघाटमा पनि भारी वर्षा भएको छ ।

तीन घण्टायता भने पर्वतको कार्की नेटा, स्याङ्जाको पञ्चमुल, कास्कीको पोखरा र लमजुङको राइनासटारमा भारी वर्षा भएको छ ।

काठमाडौंका कपन, कीर्तिपुर, सुन्दरीजल लगायतका स्थानमा सामान्य खालको वर्षा मापन भएको छ ।

रास्वपाले ल्यायो स्थानीय चुनाव २०८३ का लागि उम्मेद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २०८३ सालम ...

मधेश प्रदेशमा राजनीतिक सरगर्मी बढ्यो : यसै हप्ता

मधेश प्रदेशमा राजनीतिक सरगर्मी बढेको छ ।यसै हप्ता सरकार ...

सीकेको कटाक्ष : महेन्द्र राजमार्ग वरिपरिका सबै शहर

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सुकुम्बासी बस्ती ...

महेशपत्नीसहित १० जनामाथि ज्यान मार्ने उद्योगको मुद

नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका ७ दिनदेख ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब