बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध सिरहा प्रशासनलाई ज्ञापनपत्र

  • वैशाख २५, २०८३ | ३७२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयविरुद्ध जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझइएको छ ।

सरकारको उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार, राजस्व संकलन तथा स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भन्दै प्रशासन कार्यालयमा स्थानीयवासी र व्यवसायीहरूले ज्ञापनपत्र बुझाएका हुन् ।

छोटी भन्सार बन्द गर्ने सरकारी निर्णय बाहिरिएसँगै उनीहरूले बिहीबार ५ घण्टा हुलाकी मार्ग अवरुद्ध गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष महतोले सरकारको उक्त निर्णयविरुद्ध भोलि शुक्रबारदेखि चरणबद्ध आन्दोलन गर्ने बताए ।

उनकाअनुसार २५ वैशाख बिहान ७ बजेदेखि ११ बजेसम्म बजार बन्द र चक्काजाम गर्ने, २६ वैशाखमा र्‍यालीसहित कोणसभा गर्ने, २७ वैशाख दिनभरि बजार बन्द तथा मसाल जुलुस प्रदर्शन गर्ने र २८ वैशाखदेखि अनिश्चितकालीन आमहड्तालको तयारीका लागि बृहत् छलफल गरिने छ।

आन्दोलनमा उत्रिएका स्थानीयवासी तथा व्यवसायीहरूले बिहीबार बिहान साढे ८ बजेदेखि बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकस्थित सडक बीचभागमा बेन्च राखेर हुलाकी राजमार्ग अवरुद्ध गरेका थिए । सडक अवरुद्ध हुँदा पूर्व–पश्चिम आवागमन प्रभावित बनेको थियो।

यसैबीच जिल्ला प्रशासन कार्यालय सिरहाले राजनीतिक उद्देश्यका लागि बालबालिकालाई आन्दोलन, हड्ताल, बन्द, चक्काजाम,धर्ना वा जुलुसमा प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६(२)(६) अनुसार राजनीतिक उद्देश्य पूर्तिका लागि बालबालिकाको प्रयोग गर्नु कानुनविपरीत हुने उल्लेख गरिएको छ ।

प्रशासनले जारी सूचनाको उल्लंघन गरी बालबालिकालाई आन्दोलनमा प्रयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब