प्रधानन्यायाधीश सिफारिस प्रकरणपछि पूर्वप्रधानमन्त्री सुशीला कार्की र हालका प्रधानमन्त्री बालेन्द्र शाहकाे सम्बन्धमा गम्भीर दरार आएकाे छ । यसअघि बालेनलाई छाेरमसरह मान्ने सुशीला अहिले उनीसित नराम्ररी चिढिएकी छन् ।
पहिलाे वरियताकी न्यायाधीश सपना प्रधान मल्ललाई पन्छाएर चाैथाे वरियताका डा. मनाेजकुमार शर्मालाई संवैधानिक परिषद्ले सिफारिस गरेपछि कार्की असन्तुष्ट बनेकी हुन् ।
आज आफूलाई `आमा´ भन्दै सम्बाेधन गरेका एक पत्रकारलाई उनले कडा भाषा प्रयाेग गर्दै `अब बालेनकाे श्रीमतीलाई आमा भन्न´ सुझाव दिइन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved