सिरहामा बालकको विभत्स शव फेला

  • वैशाख २९, २०८३ | २१७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–४ सोहपुरबाट गत शुक्रबारदेखि बेपत्ता भएका एक तीन वर्षीय बालकको शव आइतबार अपराह्न क्षतविक्षत अवस्थामा फेला परेको छ । स्थानीय भोगेन्द्र यादवका ३ वर्षीय छोरा अभियांशुकुमार यादवको शव घरदेखि करिब ५०० मिटरको दूरीमा रहेको अर्को पोखरीको डिलमा फेला परेको हो ।

शुक्रबार अपराह्न २ बजेदेखि बालक हराएपछि घर नजिकैको पोखरीमा डुबेको हुनसक्ने आशंकामा परिवार र स्थानीयले खोजी सुरु गरेका थिए । स्थानीय माझीहरूको सहयोगमा दुई दिनसम्म जाल हानेर खोज्दा पनि फेला नपरेपछि आइतबार सशस्त्र प्रहरीको बर्दिवासस्थित बाहिनीबाट गोताखोर टोली परिचालन गरिएको थियो ।

वडा अध्यक्ष नवीन कुमार यादवका अनुसार गोताखोरले पोखरीभित्र खोजतलास गर्दा पनि बालकलाई फेला पार्न सकेनन् । त्यसपछि पोखरी वरपर खोजी गर्ने क्रममा गन्ध आएको स्थानतर्फ जाँदा बालकको शव फेला परेको हो । शवको अवस्था अत्यन्तै विभत्स रहेको र जंगली जनावरले कम्मरमुनिको भाग तथा एउटा हात लुछेको पाइएको वडा अध्यक्ष यादवले जानकारी दिए ।

मृतक बालक लक्ष्मीपुर पतारी गाउँपालिका–१ नवटोली घर भई केही समयदेखि सोहपुरस्थित मामाघरमा आमासँगै बस्दै आएका थिए । उनका पिता भोगेन्द्र यादव हाल वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर छन् ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले शवको प्रकृति मुचुल्का उठाउने कार्य सम्पन्न भएको जानकारी दिए ।

सिरहाका प्रहरी प्रमुख बासुदेव पाठकले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र यकिन कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने बताए । बालकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिपक्षी दलद्वारा प्रदेश सभा अवरुद्ध

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तु नीति तथा कार ...

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधे ...

सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी ...

लहानका २४ विपन्न दलित परिवारलाई सुरक्षित घर हस्तान

आफ्नै थातथलो नहुँदा झुपडीमा गुजारा चलाउँदै आएका सिराहाक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब