मुद्दा मिलाइदिन्छु भन्दै छ लाख रुपैयाँ ठगी आरोपमा व्यापारी पक्राउ

  • वैशाख ३१, २०८३ | ३२७ पटक पढिएको | सीमा संदेश
alt

मुद्दा मिलाइदिन्छु भन्दै पीडितसँग छ लाख रुपैयाँ ठगी गरेको आरोपमा सिरहाको गोलबजार नगरपालिका ६ निवासी तथा पोल्ट्री दाना व्यापारी राकेश साह पक्राउ परेका छन्।  विभिन्न प्रकृतिका मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणबाट रकम असुल गरेको आरोपमा प्रहरीले साहलाई मंगलबार सिरहाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ गरिएका साहले पीडितसँग मुद्दा किनारा लगाउन भन्दै पटक–पटक रकम लिएको आरोप छ। त्यसरी लिएको रकम प्रहरी र अदालतसम्म दिनुपर्छ भन्दै उनले पीडितसँग पटक पटक गरी छ लाख रुपैयाँ लिंदै आएको आरोप लगाइएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा पक्राउ गरिएका साहले विगतमा पनि प्रहरी प्रशासन र अदालतको नाममा विभिन्न मुद्दा मिलाइ दिन्छु भन्दै कैयौं सर्वसाधारणबाट रकम असुल गरेको खुलेको छ। केही महिनाअघि बलात्कार सम्बन्धी मुद्दा मिलाइ दिन्छु भन्दै आरोपी साहले रकम लिएर पनि काम नगरेको र रकम फिर्ता माग्दा नदिएको भन्दै प्रहरीमा उजुरी परेको परेको बताइएको छ । 

उजुरीपछि पक्राउ परेका साहमाथि ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ गरिएका साहलाई मंगलबारदेखि लागू हुनेगरी सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब