मधेशका ४९ छोटी भन्सार खारेज भई ९ मा सीमित

  • जेठ १, २०८३ | ३३० पटक पढिएको | सीमा संदेश
alt

साविकमा रहेका १३३ वटा छोटी भन्सार कार्यालय खारेज गरी नेपाल सरकारले मात्र १८ वटामा गरेका छन् । छोटी भन्सार कार्यालयहरु खारेज गरी सीमित गर्दा नेपाल–भारत सीमा क्षेत्रका बासिन्दा प्रत्यक्षरूपमा मारमा परेका छन् ।

एकातर्फ १ सय रुपैयाँभन्दा बढीको सामान भारतबाट ल्याउन नपाइने, अर्कातर्फ छोटी भन्सार कार्यालय पनि हटाउंदा ५० किलोमिटरसम्म टाढा रहेको मूल भन्सार कार्यालयमा जानुपर्ने बाध्यताले सीमावर्ती क्षेत्रका वासिन्दा निकै पिडीत भएका छन् । भन्सार विभागका एक कर्मचारीका अनुसार सरकारले अब नेपाली बजारमै सामान किन्न स्पष्ट रूपमा भनेकाले यस्तो गर्नुपरेको हो । महँगो भए पनि नेपाली बजारबाटै सामान किन्ने बानी बसाल्नुपर्ने उनको भनाई छ ।

साबिकको छोटी भन्सार कार्यालयहरु खारेज मात्र १८ वटामा गरेको कुराका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) नेपालकै सांसदहरुले विरोध जनाएका छन् । सिरहाको बरियारपट्टीमा विगत केही दिनदेखि हुलाकी मार्ग जाम गरी स्थानीयले आन्दोलन गर्दै आएका छन् । सिरहा क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव शंकर यादवले फोन गरी भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई आक्रोश व्यक्त गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

नयाँ भन्सार नियमावली, २०८३ लागु भएसँगै वर्षौँदेखि सञ्चालनमा रहेको यो भन्सार कार्यालय अहिले इतिहास बनेको छ । मधेश प्रदेशमा सबभन्दा बढी ४९ वटा छोटी भन्सार रहेकामा हाल ती सबै खारेज भई ९ वटामा सिमित भएको छ । मधेशको धनुषा जिल्लामा जनकपुर भन्सार कार्यालय अन्तर्गत लगमा र ईनर्वा, महोत्तरीको जलेश्वर भन्सार कार्यालय अन्तर्गत सम्सी र मटिहानी, सर्लाही भन्सार कार्यालय अन्तर्गत त्रिभुवन नगर, रौतहटको गौर भन्सार कार्यालय अन्तर्गत बंकुल, वीरगञ्ज भन्सार कार्यालय अन्तर्गत भिस्वा, मटिअर्वा र ठोरी मात्र कायम गरिएको छ ।

मधेश प्रदेश कार्यालयको सप्तरी र सिरहा जिल्लाका सम्पूर्ण छोटी भन्सार कार्यालय खारेज गरिएको छ भने बारा जिल्लामा शुरुदेखि नै छोटी भन्सार कार्यालय थिएन । र यसपटक पनि दिइएको छैन । सिरहा जिल्लाका सम्पूर्ण भन्सार कार्यालय खारेज गरेपछि सांसद यादव भूगोल नबुझी भन्सार हटाइएको भन्दै आक्रोशित छन् । नेपाल सरकारले भन्सार नियमावली, २०६४ लाई विस्थापित गर्दै २०८३ वैशाख २१ गतेदेखि नयाँ नियमावली जारी गरेको छ ।

जस अनुसार सप्तरीको राजविराज भन्सार कार्यालय अन्तर्गत बनैनिया, स्वर्णपट्टी, कोदरकट्टी, हनुमाननगर, गोविन्दपुर, बेल्ही र कुशाहपातो गरी ७ वटा छोटी भन्सार कार्यालय हटाइएको छ भने सिरहाको ठाडी भन्सार कार्यालय अन्तर्गत रहेका कचनारी -नरंगी), नवराजपुर -झाँझपट्टी) गरी २ वटा र सिरहा भन्सार कार्यालयअन्तर्गत लगडीगदयानी (सिखाज्योती), औरही र बरियारपट्टीसहित ३ वटा छोटी भन्सार कार्यालय थियो । यति मात्र होइन, अब यी छोटी भन्सारबाट एकपटकमा बढीमा १० हजार रुपैयाँसम्मको सामान मात्र ल्याउन पाइनेछ । यसअघि कतिपय नाकाबाट २५ हजार रुपैयाँसम्म सामान ल्याउने सुविधा थियो ।

भन्सार नियमावली, २०६४ को नियम ६२ मा छोटी भन्सार कार्यालयबाट निकासी वा पैठारी गर्न सकिने प्रावधान थियो । पुरानो नियामवली अनुसार धनुषाको जनकपुर भन्सार कार्यालय अन्तर्गतका जटहीस्थित लगमा, पृथ्वीपुर र गुलरियासहित ३ वटा छोटी भन्सार कार्यालयबाट जतिसुकै मूल्यका मालवस्तु पैठारी गर्न सकिने प्रावधान थियो । ती मध्ये जनकपुरको लगमा र राजापुरको गुलरिया छोटी भन्सार कार्यालयबाट जतिसुकै मूल्यको पनि मालवस्तु पैठारी गर्न सकिने प्रावधान भने कायमै राखिएको छ भने पृथ्वीपुरको हटाइएको छ ।

नियमावलीमा भएको प्रावधानअनुसार भिस्वा, आठमौजा -गौरीगञ्ज), कुमरखोद, रंगेली, सम्सी, बंकुल, मटिअर्वा र बेलौरीसहित ८ वटा छोटी भन्सार कार्यालयबाट २५ हजार रुपैयाँसम्मको पैठारी गर्न सकिन्थ्यो । त्यसबाहेक अन्य छोटी भन्सार कार्यालयमार्फत १० हजार रुपैयाँसम्मका मालवस्तु पैठारी गर्न सकिने नियमावलीको नियम ६२ को खण्ड -घ) मा उल्लेख थियो । तर अब नयाँ नियमावलीको नियम ४ उपनियम १ को खण्ड -ख) अनुसार अब ती छोटी भन्सार कार्यालयबाट सबै कटौती गरी १ पटकमा बढीमा १० हजार रुपैयाँसम्मको वस्तु मात्र पैठारी गर्न सकिनेछ ।

त्यसैगरी, जनकपुर भन्सार कार्यालय, धनुषाअन्तर्गत इनर्वा, कठाल, खजुरी स्टेसन, खजुरी महुवा, महिनाथपुर, बैदेही, भडरिया, लगमा -जटही) गरी ८ वटा छोटी भन्सार कार्यालय थिए । जलेश्वर भन्सार कार्यालय, महोत्तरीअन्तर्गत बथनाहा, सिसवा -कटैया), रघुनाथपुर, पोखरभिन्डा, सम्सी र मटिहानी गरी ६ वटा छोटी भन्सार कार्यालय थिए । त्यसैगरी, सर्लाही भन्सार कार्यालय अन्तर्गत त्रिभुवननगर, धर्मपुर -भांडसर), फेनरा, पर्सा, संग्रामपुर, बारा र बलरा गरी ७ वटा छोटी भन्सार कार्यालय थिए ।

गौर भन्सार कार्यालय, रौतहटअन्तर्गत ब्रम्हपुरी, औरैया, रामपुर, खाप, मठिया र बंकुल गरी ५ वटा छोटी भन्सार कार्यालय थिए । वीरगञ्ज भन्सार कार्यालयअन्तर्गत अलौ, कवही, मटिअर्बा, भिष्वा, सिमरौनगढ, गाडापर्सौनी भाठा, कचर्वा, अमृतधारा -ठोरी), पिपरपाटी, जानकीटोला नाका र सिर्सिया नाका गरी कुल ११ वटा छोटी भन्सार कार्यालय थिए ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब