‘चुरे भावर क्षेत्रको अनियन्त्रित दोहनले मधेशमा संकट’

  • जेठ ५, २०८३ | ११८ पटक पढिएको | सीमा संदेश
alt

जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरले मधेशमा भइरहेको चुरे दोहन र बजेट कार्यान्वयनमाथि प्रश्न गरेका छन् ।

संरक्षक ठाकुरले तराई–मधेशमा भइरहेको चुरे दोहन र बजेट कार्यान्वयनको प्रभावकारिताबारे गम्भीर प्रश्न उठाएका छन् । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सोमबार संरक्षक ठाकुरले विकासका कुरा भए पनि व्यवहारमा भने प्रतिकूल अवस्था सिर्जना भइरहेको बताए ।

उनले चुरे र भावर क्षेत्रको अनियन्त्रित दोहनका कारण मधेशमा ठूलो संकट उत्पन्न भएको बताए । प्राकृतिक स्रोतको अत्यधिक दोहनले वर्षायाममा उत्तरतर्फ कटान र दक्षिणतर्फ डुबानको भयावह समस्या निम्त्याएको उनको भनाइ थियो । महिनौंसम्म बस्तीहरू डुबानमा पर्दा पनि राज्यका निकायहरूबाट उचित ध्यान नपुगेको भन्दै उनले असन्तुष्टि जनाए । सो क्रममा उनले वातावरणीय चेतनाको अभाव र भौतिक विनाशका कारण विगतमा स्थापित विद्यालयहरू समेत बन्द हुने अवस्थामा पुगेको बताए ।

बजेट विनियोजन र त्यसको खर्च हुने प्रक्रिया पारदर्शी नभएको भन्दै संरक्षक ठाकुरले आलोचना गरे । राष्ट्रियसभा सदस्यसमेत रहेका संरक्षक ठाकुले भने, ‘हामी चुरे विनाशको कुरा गरिरहेका छौँ, तर त्यहाँबाट ढुङ्गा, माटो र बालुवा निकाल्ने क्रम रोकिएको छैन । भावर क्षेत्रको स्थिति पनि उस्तै छ । बजेट जान्छ तर त्यसको प्रतिफल देखिँदैन । आधा बजेट कता हराउँछ, पत्तो हुँदैन । जसरी हामी पृथ्वी घुमिरहेको देख्दैनौँ, त्यसैगरी बजेट पनि शून्यमा हराइरहेको छ ।’ विगतका वर्षहरूमा बजेट विनियोजन भए पनि त्यसले लक्षित वर्ग र क्षेत्रलाई छुन नसकेको उल्लेख गर्दै उनले यसपटकको बजेट बालुवामा पानी हाले जस्तै शून्यमा नजाओस् भन्दै कामनासमेत गरे ।

संरक्षक ठाकुरले विकास निर्माणका योजनाहरू कागजमा मात्र सीमित नभइ जनताले महसुस गर्नेगरी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । समितिको बैठकमा उनले सरकारलाई मधेशको संवेदनशीलता बुझ्न र विकासका योजनाहरूलाई परिणाममुखी बनाउन आग्रह गरे ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब