रामायन’ले मेरो जीवन बदल्यो, छोरीका लागि अझ राम्रो व्यक्ति बनेँ – रणवीर कपूर

  • जेठ १७, २०८३ | १४४ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । बलिउड अभिनेता रणवीर कपूरले बहुप्रतीक्षित फिल्म रामायनमा भगवान् रामको भूमिका निर्वाह गर्ने क्रममा आफ्नो जीवनमा गहिरो परिवर्तन आएको बताएका छन् ।

उनले फिल्ममा काम गर्नु आफ्नो करिअर मात्र नभई जीवनकै परिभाषा बदल्ने अनुभव बनेको बताएका हुन् । ‘टप म्यागजिन’सँगको अन्तर्वार्तामा रणवीरले ‘रामायण’ले आफूलाई जीवन, त्याग, धर्म र क्षतिलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको बताए ।

‘यो मेरो करिअरलाई मात्र होइन, जीवनलाई परिभाषित गर्ने अनुभव बन्यो । रामायण र भगवान् रामको यात्रालाई बुझ्ने अवसरले मेरो जीवनमा धेरै सकारात्मक परिवर्तन ल्यायो । मेरा केही खराब बानीहरू परिवर्तन भए, मूल्य प्रणाली बदलियो र जीवनलाई हेर्ने दृष्टिकोण परिपक्व बन्यो,’ उनले भने । 

रणवीरले फिल्ममा भगवान् रामजस्तो ऐतिहासिक र पूजनीय पात्रको भूमिका निर्वाह गर्न आफू योग्य छु कि छैन भन्ने शंका सुरुमा लागेको पनि स्वीकार गरे । तर समयसँगै त्यो डर प्रेम, सम्मान र कृतज्ञतामा बदलिएको उनको भनाइ छ । 

उनले आफ्नो छोरी राहा कपूरको जन्म र ‘रामायन’मा काम गर्ने समय एकैसाथ परेको उल्लेख गर्दै त्यसलाई जीवनको सुन्दर संयोग बताएका छन् । ‘राहाले मलाई राम्रो व्यक्ति बनाइन् र रामायणले राहाका लागि अझ राम्रो व्यक्ति बन्न सिकायो । सबै कुरा एकआपसमा जोडिएको थियो,’ उनले भने । 

निर्देशक नितेस तिवारीको निर्देशनमा निर्माण भइरहेको ‘रामायन’ भारतीय सिनेमाकै सबैभन्दा महँगो फिल्ममध्ये एक मानिएको छ । करिब ४ हजार करोड भारतीय रुपैयाँको लागतमा निर्माण भइरहेको यो दुई भागको महाकाव्यात्मक फिल्ममा साई पल्लवी सीताको, यश रावणको तथा सनी देवल हनुमानको भूमिकामा देखिँदैछन् । 

फिल्मको पहिलो भाग सन् २०२६ को तिहारमा र दोस्रो भाग सन् २०२७ को तिहारमा प्रदर्शन गर्ने तयारी गरिएको छ । 

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब