किराना पसलबाट अनुदानको १३ बोरा युरिया मल बरामद

  • असार १, २०८३ | २०८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा। किसानका लागि अनुदानमा उपलब्ध गराइएको १३ बोरा युरिया मल सिरहामा अनधिकृत रूपमा बिक्री भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरी सिरहाको धनगढीमाइ नगरपालिका-१० स्थित प्रधान किराना पसलबाट १३ बोरा युरिया मल नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालय सिरहाको संयुक्त अनुगमन टोलीले विशेष सुचनाको  धनगढीमाई नगरपालिका–१० स्थित भरत प्रधानको  किराना पसलबाट ३३ केजी दरका १३ बोरा युरिया मल बरामद गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराल, राष्ट्रिय अनुसन्धान विभागका डीएसपी रिजन यादव तथा कृषि सामग्री कार्यालय लहानका प्रतिनिधि सम्मिलित टोलीले मल नियन्त्रणमा लिएर यसको स्रोत र बिक्री प्रक्रियाबारे अनुसन्धान थालेको जनाएको छ ।

डीएसपी यादवले किसानका लागि छुट्याइएको अनुदानको मल कालोबजारी गर्ने जोसुकैमाथि कानुनअनुसार कारबाही गरिने बताए। धान रोपाइँको समयमा मल अभाव भइरहेका बेला अनुदानको मल अनधिकृत रूपमा बिक्री भएको पाइएपछि स्थानीय कृषकले चिन्ता व्यक्त गरेका छन् ।

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक

भागवानपुर । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब