खुकुरी देखाई महिलालाई धम्काउने, आपत्तिजनक शब्द बोलेर कुटपिट गर्ने युवा पक्राउ

  • असार ३, २०८३ | २१५ पटक पढिएको | सीमा संदेश
alt

सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डराइधम्काई कुटपिट गरेको, आपत्तिजनक शब्द बोलेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डा. हेम केसीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई घरबाटै विभिन्न प्रकारका लागुऔषधका ट्याब्लेटसहित पक्राउ गरेको हो । घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको तथा पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताए।

उनीविरूद्व ३–४ प्रकृतिका मुद्दा आकर्षण हुने बताइएको छ । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएको थियो ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब