गोलबजारबाट २८ किलो गाँजासहित तीन जना पक्राउ

  • असार ३, २०८३ | २६३ पटक पढिएको | सीमा संदेश
alt

गोलबजार प्रहरीले प्रतिबन्धित करिब २८ किलो गाँजासहित एक भारतीय र दुई नेपाली गरी तीनजनालाई पक्राउ गरेको  छ। गाँजा ओसारपोसार भइरहेको गोप्य सूचनाको आधारमा गोलबजारस्थित इलाका प्रहरी कार्यालयले सोमबार राति गोलबजार नगरपालिका– ७, चोहर्वाबाट पाँच किलो ७१५ ग्राम र गोलबजार– १० बाट थप २२ किलो गाँजासहितसहित तीनजनालाई पक्राउ गरेको हो ।

प्रहरीले चुरे क्षेत्रमा पर्ने धर्मपुर हुँदै चोहर्वा बजारतर्फ आउँदै गरेको नम्बर नखुलेको अटोलाई रोकी चेकजाँच गर्दा बोरामा प्याक गरी लुकाइएको पाँच किलो ७१५ ग्राम गाँजा बरामद भएको जनाएको छ। प्रहरीका अनुसार अटोमा गाँजा बरामद भएपछि प्रहरीले अटोचालक गोलबजार– ७ घर भएका करिब ३६ वर्षीय रोकेन्द्रबहादुर सुनुवार र अटोमा सवार भारतको बिहार राज्य, पटना जिल्ला धनरुवा ग्राम पञ्चायत निवासी करिब ३० वर्षीय रोहित कुमारलाई पक्राउ गरिएको हो । 

प्रहरीको फन्दामा परेका भारतीय नागरिक रोहितले सोधपुछका क्रममा दिएको सूचनाको आधारमा गोलबजार– १० का छकबहादुरको घरमा पुगेर खानतलासी गर्दा चारवटा बोरामा प्याक गरेर राखिएको २२ किलो गाँजा बरामद भएको गोलबजार प्रहरीले जनाएको छ । गाँजा बरामद भएपछि उनलाई समेत पक्राउ गरी तीनजनालाई नै गोलबजार प्रहरीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब