भेनेजुएला भूकम्प : भग्नावशेषबाट नवजात शिशुको ३२ घण्टापछि जीवितै उद्धार

  • असार १४, २०८३ | ४६ पटक पढिएको | सीमा संदेश
alt

भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि उद्धारकर्मीहरूले भग्नावशेषमुनिबाट एक नवजात शिशुलाई ३२ घण्टापछि जीवितै उद्धार गरेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरी भेनेजुएलाको ला ग्वाइरा क्षेत्रमा भत्किएको भवनको भग्नावशेषमुनि फसेका करिब १८ दिनको शिशुलाई अमेरिकी खोज तथा उद्धार टोलीले जीवितै उद्धार गरेको हो ।

भिडियोमा उद्धारकर्मीहरूले शिशुलाई सावधानीपूर्वक बाहिर निकालेको देखिन्छ । त्यसपछि ती शिशुलाई उपचारका लागि पठाइएको थियो ।

शिशुको उद्धारको केही समयपछि उनकी आमालाई पनि जीवितै उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भूकम्पपछि करिब ३२ घण्टासम्म भग्नावशेषमुनि रहे पनि शिशु र आमाको अवस्था स्थिर रहेको बताइएको छ ।

सयौं उद्धारकर्मीहरू अझै पनि भग्नावशेषमा फसेका सम्भावित जीवित व्यक्तिहरूको खोजीमा जुटिरहेका छन्।

यसैबीच, संयुक्त राज्य अमेरिकाले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सघाउन थप विमान, उद्धारकर्मी, सैन्य जनशक्ति तथा आपत्कालीन सहायता सामग्री परिचालन गरिरहेको जनाएको छ । अमेरिकी तथा अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले स्थानीय निकायसँग समन्वय गरेर जीवन बचाउने अभियानलाई तीव्रता दिएको फक्स न्यूजले जनाएको छ ।

मृतकको संख्या १ हजार ४३० पुग्यो

२०२६ जुन २८ मा भूकम्पका दुई शक्तिशाली धक्काका भेनेजुएलामा कम्तीमा १४३० जनाको मृत्यु भएको एपी न्यूजले जनाएको छ । ३ हजार २०० भन्दा बढी घाइते छन् भने ६८ हजार भन्दा धेरै व्यक्ति सम्पर्कविहीनको सूचीमा छन् ।

ला ग्वाइरा, राजधानी काराकास र ती आसपासका क्षेत्र सबैभन्दा बढी प्रभावित छन् । प्रभावित क्षेत्रमा उद्धार कार्य अझै जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान छ ।

अमेरिका, अर्जेन्टिना, एल साल्भाडोरलगायतका देशका खोज तथा उद्धार टोलीहरू सहभागी छन् ।

गृहमन्त्रीको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा न

गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाक ...

१० लाखसम्मको योजना रोक्का निर्णय खारेज

मधेश प्रदेश सरकारको खर्च नियन्त्रण तथा वित्तीय अनुशासन ...

नक्कली वोरवेल पाइपसहित व्यवसायी प्रहरीको नियन्त्रण

गोलबजार । गोलबजार नगरपालिका ६ स्थित एक हार्डवेयर पसलबाट ...

असार १४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार १४ गते । आइतबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब