होटल–रेस्टुरेन्टमा निगरानी गरिने

  • असार १७, २०८३ | १२३ पटक पढिएको | सीमा संदेश
alt

होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर सुधार गर्न र नागरिकका गुनासाहरू जिल्ला तहबाटै तत्काल सम्बोधनका लागि गृहमन्त्रालयले धनुषासहित ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष निर्देशन जारी गरेको जनाएको छ ।

मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गर्दै बजार अनुगमन र प्रशासनिक जबाफदेहितामा कडाइ गर्न निर्देशन दिएको छ । देशभरका होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र स्वच्छता निकै कमजोर, गुणस्तरहीन रहेको भन्दै सर्वसाधारणबाट गुनासो आएपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको छ । होटल तथा रेस्टुरेन्टहरूले प्रदान गर्ने खानाको स्वच्छता र गुणस्तर सम्बन्धमा नियमित, सघन र आकस्मिक अनुगमन गर्न निर्देशन दिएको छ ।

अनुगमनलाई केवल प्रक्रियामा मात्र सीमित नराखी परिणाममुखी बनाउन र नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पुरÞ्याउने वा कानुन उल्लङ्घन गर्ने पक्षलाई हदैसम्मको कडा कारबाही गर्न भनिएको छ । आम नागरिकका गुनासाहरू सहजै दर्ता गर्न र तिनको तत्काल समाधान गर्न प्रत्येक जिल्ला प्रशासन कार्यालयमा हटलाइन वा द्रुत सेवा डेस्क स्थापना गर्न निर्देशन दिइएको छ । नागरिक स्तरबाट प्राप्त हुने प्रत्येक गुनासोलाई उच्च प्राथमिकतामा राखी तत्काल समाधान खोज्न मन्त्रालयले स्पष्ट पारेको छ ।

सानातिना विषय र स्थानीयस्तरका समस्या समाधानका लागि पनि नागरिकहरू केन्द्र वा मन्त्रालयसम्म धाउनुपर्ने स्थितिको पूर्ण रूपमा अन्त्य गर्न सिडिओहरूलाई निर्देशन दिइएको छ । मन्त्रालयले जिल्लाको कार्यसम्पादनलाई प्रत्यक्ष सुपरीवेक्षण गर्ने जनाएको छ । कार्यसम्पादनका क्रममा कुनै पनि किसिमको अक्षमता वा उदासीनता प्रस्तुत नगर्न मन्त्रालयले सचेत गराएको छ । विधिको शासन कायम गर्न र नागरिक केन्द्रित शासनको साख जोगाउन स्थानीय प्रशासनले पूर्ण व्यावसायिकता देखाउनुपर्ने मन्त्रालयले अपेक्षा गरेको छ ।

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक

भागवानपुर । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब