सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?

  • असार १७, २०८३ | ११९ पटक पढिएको | सीमा संदेश
alt

बलिउड अभिनेता सलमान खानले मुम्बईको चर्चित ग्यालेक्सी अपार्टमेन्ट छोड्न लागेको खबर पछिल्ला केही दिनदेखि चर्चामा छ ।

विभिन्न सञ्चारमाध्यममा सलमान परिवारसहित बान्द्रास्थित समुद्र किनारमा रहेको नयाँ घरमा सर्ने तयारीमा रहेको दाबी गरिएको थियो । तर, अब यस विषयको वास्तविकता सार्वजनिक भएको छ।

इन्डिया टुडेका अनुसार स्रोतहरूले सलमानको परिवारसँग उक्त सम्पत्ति पछिल्लो १० वर्षभन्दा लामो समयदेखि रहेको बताएका छन् । यो हालै खरिद गरिएको सम्पत्ति नभई पुरानै सम्पत्ति भएको र यो पुनः चर्चामा आएको बताइएको छ ।

समाचारअनुसार, महाराष्ट्र तटीय क्षेत्र व्यवस्थापन प्राधिकरण (एमसीजेडएमए)ले उक्त सम्पत्तिको पुनर्विकास (रिडेभलपमेन्ट) प्रस्तावलाई सिफारिस गरेपछि यसले चर्चा पाएको हो । प्रस्ताव स्वीकृत भएसँगै निर्माण कार्य अगाडि बढ्ने बाटो खुलेको छ ।

कतिपय सञ्चारमाध्यमले नयाँ बंगला निर्माण सम्पन्न भएपछि सलमान परिवारसहित त्यहाँ बसाइँ सर्ने दाबी गरेका छन् ।

तर इन्डिया टुडेले भने स्रोतहरूले यस दाबीलाई अस्वीकार गरेको भन्दै समाचार छापेको छ । स्रोतका अनुसार, यो खान परिवारको पुरानो सम्पत्ति हो र हाल यसको पुनर्विकास प्रक्रिया मात्र सुरु भएको हो । निर्माण कार्य कहिलेसम्म सम्पन्न हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

न त सलमान खानले ग्यालेक्सी अपार्टमेन्ट छोड्नेबारे कुनै आधिकारिक पुष्टि भएको छ । सलमान लामो समयदेखि परिवारसँग मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएका छन् । 

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब