मल माग गर्दै रास्वपा सुखीपुरद्वारा ज्ञापनपत्र

  • असार १७, २०८३ | १३९ पटक पढिएको | सीमा संदेश
alt

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर कार्य समिति सुखीपुरले रासायनिक मलखादको सहज तथा समयमै उपलब्धता सुनिश्चित गर्न माग गर्दै सुखीपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नभएकाले ज्ञापनपत्र कृषि शाखा प्रमुखलाई बुझाइएको हो ।

नगर कार्य समितिका सचिव सन्तोष कुमार यादवको हस्ताक्षर रहेको ज्ञापनपत्रमा नेपाल कृषि प्रधान देश भए पनि किसानहरूले आवश्यक रासायनिक मल समयमै प्राप्त गर्न नसक्दा धान रोपाइँसहितका कृषि कार्य प्रभावित भइरहेको उल्लेख गरिएको छ ।  धान रोपाइँको मुख्य समयमा समेत मलखादको अभाव, वितरण प्रक्रियामा ढिलाइ, सहज पहुँचको कमी, व्यापक कालोबजारी तथा चर्को मूल्यमा बिक्री–वितरण भइरहेका कारण किसानहरू गम्भीर समस्यामा परेको रास्वपाले जनाएको छ ।

ज्ञापनपत्रमार्फत मलखाद वितरण कार्यविधि, २०८२ अनुसार निर्धारित दररेट कायम गरी असार १६ गतेभित्र किसानलाई सहज, पारदर्शी र शीघ्र रूपमा मलखाद वितरणको व्यवस्था मिलाउन नगरपालिकासँग माग गरिएको छ । साथै वितरण प्रक्रियामा निष्पक्षता, पारदर्शिता र समयबद्धता कायम गर्दै वास्तविक कृषकलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।

रास्वपाको मागप्रति बेवास्ता गरिए चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ । आन्दोलनका कारण उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सम्बन्धित नगरपालिकाले नै वहन गर्नुपर्ने व्यहोरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब