बुहारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ससुरा पक्राउ

  • असार १८, २०८३ | ११४ पटक पढिएको | सीमा संदेश
alt

सप्तरीमा आत्महत्या दुरुत्साहन मुद्दामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीका ४० वर्षीय रामेश्वर राम रहेको जनाएको छ ।

प्रहरीका अनुसार बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीकी सरस्वती राम २०८३ असार १२ गते राति आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव असार १३ गते बिहान करिब ६ बजे फेला परेको थियो।

घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका रामेश्वर रामले आफ्नै बुहारीमाथि पटक-पटक यौन दुर्व्यवहार गर्ने गरेको र गाउँमा थाहा भएपछि पंचायतमा बयान फेर्न दबाब दिएको आरोप छ ।

प्रहरीका अनुसार उनले मृतकलाई बयान नफेरे हत्या गर्ने धम्कीसमेत दिएको खुलेको छ । उनको धम्कीका कारण सरस्वती आत्महत्या गर्न बाध्य भएको आरोपमा रामेश्वरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार गाउँमा भएको पंचायतीका क्रममा पीडित महिलालाई नै हप्कीदप्की दिई घटना समासुम पार्ने प्रयास भएको थियो । पंचायतमा संलग्नहरू पनि फरार रहेका छन् ।

बोदेबरसाईन नगरपालिका वडा नम्बर- ४ का वडाध्यक्ष किरन साहले घटना भएको बताउँदै प्रहरीले अनुसन्धान गरिरहेकोले यस विषयमा तत्कालै केही नबोल्ने बताए ।

पक्राउ परेका रामेश्वरलाई पाँच दिनको म्याद थप अनुमति लिएर आत्महत्या दुरुत्साहन मुद्दामा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब