लुटपाट प्रयासमा मोबाइल व्यवसायीमाथि गोली

  • असार २५, २०८३ | १९२ पटक पढिएको | सीमा संदेश
alt

सर्लाही, असार २५ गते। सर्लाहीको लालबन्दीमा बुधबार राति मोबाइल व्यवसायीमाथि लुटपाटको प्रयास हुँदा गोली प्रहार भएको छ। लालबन्दी नगरपालिका–७ र ९ को सीमास्थित आइडियल स्कुल नजिकको एकान्त क्षेत्रमा अज्ञात व्यक्तिले मोबाइल पसल सञ्चालकमाथि लुटपाट गर्ने प्रयास गरेका हुन्।

लालबन्दी नगरपालिका–७ स्थित लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्ने लालबन्दी नगरपालिका–९ बस्तीपुरका हरिप्रसाद सापकोटामाथि बुधबार राति ८ बजेपछि लुटपाटको प्रयास भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिनुभयो।

बजारमा रहेको पसल बन्द गरी एक जना साथीसँग मोटरसाइकलमा घर फर्कंदै गर्दा मोटरसाइकलमै आएका अपरिचित व्यक्तिले सापकोटामाथि लुटपाटको प्रयास गरेका थिए। लुटपाटको क्रममा सामान्य धकेलाधकेल भएपछि हतियार बोकेका व्यक्तिले कटुवा पेस्तोलबाट गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीएसपी गौतमले बताउनुभयो।

घटनास्थलबाट पड्किसकेको गोलीका दुई वटा खोका बरामद गरिएको प्रहरीले जनाएको छ।

“मोबाइल पसल सञ्चालक सापकोटा र उहाँसँग मोटरसाइकलमा सँगै घर फर्किरहेका व्यक्ति दुवै सुरक्षित हुनुहुन्छ,” डीएसपी गौतमले भन्नुभयो, “घटनाबारे थप अनुसन्धान भइरहेको छ।”

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट डीएसपीको नेतृत्वमा थप प्रहरी टोली लालबन्दी पुगेको थियो। घटनामा संलग्न व्यक्तिको खोजीका लागि प्रहरीले बिहीबार बिहान २ बजेसम्म सर्च अपरेसन सञ्चालन गरे पनि कसैलाई पक्राउ गर्न सकेको छैन।

मोबाइल व्यवसायीमाथि लुटपाट गर्ने उद्देश्यले गोली प्रहार भएको घटनापछि लालबन्दी क्षेत्रका व्यवसायी तथा स्थानीयवासीमा त्रास फैलिएको छ। लालबन्दी नगरपालिका–९ का वडा सदस्य विनोद तिमल्सिनाले घटनापछि स्थानीयमा असुरक्षाको भावना बढेको बताउनुभयो।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब