सिरहामा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान

  • असार २८, २०८३ | २३९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा जिल्ला अदालतले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका दुई छुट्टाछुट्टै मुद्दाका अभियुक्तहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । भारतीय सुटर प्रयोग गरी हत्या र आक्रमण गराएको अभियोगमा पक्राउ परेका दुई जनालाई अदालतले कारागार पठाउन आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्तव्य ज्यान र संगठित अपराध मुद्दाका प्रतिवादी उपेन्द्र यादव र ज्यान मार्ने उद्योग तथा संगठित अपराध मुद्दाका प्रतिवादी हरी ठाकुर बरहीलाई कारागार चलान गरिएको हो ।

गत पुस १६ गते सिरहा नगरपालिका वडा नं. ७ स्थित मैनावती नदी किनारको बाँसको झाडीमा ४२ वर्षीय प्रेमनाथ यादवको गोली प्रहार गरी हत्या भएको थियो । अनुसन्धानका क्रममा प्रतिवादी उपेन्द्र यादवले योजना बनाई भारतबाट सुटरहरू मगाएर गोली प्रहार गर्न लगाएको खुलेको थियो । सोही मुद्दामा गत वैशाख २७ गते पक्राउ परेका यादवलाई जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालत पेस गरिएकोमा अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए ।

त्यस्तै, माघ ४ गते औरही गाउँपालिका वडा नं. ५ स्थित जितिया मन्दिरमा श्याम सुन्दर ठाकुरमाथि गोली प्रहार भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रतिवादी हरी ठाकुर बरहीले पनि भारतबाट सुटर मगाएर ठाकुरको टाउकोमा गोली प्रहार गरी घाइते बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

बरहीलाई गत वैशाख २७ गते सिरहा नगरपालिका–१ हनुमानचोकबाट पक्राउ गरिएको थियो । उनीविरुद्ध ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा चलाइएको थियो ।  जिल्ला अदालत सिरहाको आदेशले उनलाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब