देशभरि ५५ प्रतिशत, मधेशमा मात्र ३२ प्रतिशत धान रोपाईं

  • असार ३२, २०८३ | ९१ पटक पढिएको | सीमा संदेश
alt

चालु आर्थिक वर्ष २०८२/०८३ को असार मसान्त सकिन लाग्दा देशभैरि करिब ५५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको हालसम्मको तथ्यांक अनुसार असार अन्तिम सातासम्म आइपुग्दा देशभरि ५४.५२ प्रतिशत रोपाइँ भएको हो ।

विभागका अनुसार देशभरि कुल १३ लाख ७० हजार ६२ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकोमा हालसम्म ७ लाख ४६ हजार ९ सय ६० दशमलव ६३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । गत वर्ष यसै अवधिसम्ममा ५९.२८ प्रतिशत रोपाइँ भएको थियो । यसलाई आधार मान्दा समग्रमा यस वर्षको रोपाइँको गति गत वर्षको तुलनामा सुस्त गतिमा रहेको देखिएको छ ।

रोपाइँको अवस्थालाई प्रदेशगत रूपमा विश्लेषण गर्दा सबैभन्दा कम मधेश प्रदेशमा र सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रोपाइँ भएको हो । विभागको तथ्यांक अनुसार केही दिनदेखि झिसमिसे वर्षा हुन थालेपछि रोपाईमा केही गति लिएको देखिन्छ । अथ्यांक अनुसार मधेशमा कुल ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रफलमध्ये १ लाख २६ हजार ४ सय ३९ हेक्टरमा रोपाइँ भएको छ, जुन जम्मा ३२.८ प्रतिशत मात्र हो । गत वर्ष पनि मधेशमा यस अवधिसम्म ३३.७८ प्रतिशत रोपाइँ भएको थियो ।

सबभन्दा बढी भनिएका सुदूरपश्चिम प्रदेशमा कुल १ लाख ५४ हजार ९ सय ५० हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये १ लाख ३६ हजार ३२ हेक्टर अर्थात् ८७.८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । अघिल्लो वर्ष यसै अवधिसम्ममा त्यहाँ ९३.१० प्रतिशत रोपाइँ भएको थियो । तथ्यांक अनुसार कोशी प्रदेशमा गत वर्षको तुलनामा रोपाइँ वृद्धि भएको यो एक मात्र प्रदेश हो । कोशी प्रदेशमा कुल २ लाख ७६ हजार ३ सय ८७ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५१ हजार ६ सय १९ हेक्टरमा रोपाइँ भएको छ ।

गत वर्ष २९ असारसम्म ४१.३२ प्रतिशत मात्र रोपाइँ भएको कोशीमा यस वर्ष ५४.९ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । त्यस्तै गण्डकी प्रदेशमा कुल ९३ हजार ६ सय ६ हेक्टर क्षेत्रफलमध्ये ६१ हजार ७ सय २७ हेक्टर अर्थात् ६५.९ प्रतिशत रोपाइँ भएको छ, जुन गत वर्ष ७१.०३ प्रतिशत थियो भने कर्णाली प्रदेशमा ४३ हजार २ सय ९० हेक्टरमध्ये २६ हजार ६७ हेक्टर अर्थात् ६०.२ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष कर्णालीमा ८३.२३ प्रतिशत रोपाइँ भएको थियो ।

लुम्बिनी प्रदेशमा कुल ३ लाख १ हजार ३ सय ७२ हेक्टरमध्ये १ लाख ७९ हजार ६ सय ३१ हेक्टरमा रोपाइँ भएको छ । यो ५९.६ प्रतिशत रहेको छ भने बागमती प्रदेशमा कुल १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ६५ हजार ४ सय ४६ हेक्टर -५७.१ प्रतिशत) क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यसै अवधिसम्म लुम्बिनीमा ७३.६८ प्रतिशत र बागमतीमा ७६.३१ प्रतिशत रोपाइँ भएको थियो ।

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक

भागवानपुर । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब