मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

  • साउन ७, २०८३ | १०७ पटक पढिएको | सीमा संदेश
alt

कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारिते ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु गरेको छ । 

धान रोपाइँको समयमा रसायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरेर स्थानीय तहको सिफारिसको आधारमा बफर कोटाको युरिया र डिएपी रसायनिक मलको वितरण सुरु गरेको हो । 

मधेस प्रदेश सरकारको गत असार ३१ गतेको निर्णयबमोजिम स्थानीय तहगत रुपमा निर्धारण गरिएको बफर कोटाअनुसार युरिया र डिएपी मल बिक्री वितरण सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका सूचना अधिकारी बेचन साहले जानकारी दिनुभयो । 

उहाँका अनुसार मलको वितरणसँगै जिल्लामा केही समय अघिसम्म रहेको डिएपी मलको अभाव विस्तारै हट्दै गएको छ । साउनको दोश्रो सातासम्म थप युरिया र डिएपी मल आउने भएकाले मलको अभाव पूर्ण रुपमा हट्ने उहाँको भनाइ छ । 

यसैबीच कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले पछिल्लो एक वर्षको अवधिमा १८ हजार ७४५ दशमलव एक मेट्रिक टन रसायनिक मल किसानलाई वितरण गरेको छ । 

कार्यालयका सूचना अधिकारी साहका अनुसार सो कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा युरिया ११ हजार २४१ दशमलव ३५० मेट्रिक टन, डिएपी छ हजार ९६३ दशमलव ३०० मेट्रिक टन, पोटास ३७९ दशमलव ५५० मेट्रिक टन र कृषि चुन १६० दशमलव ९०० मेट्रिक टन रसायनिक मल किसानलाई वितरण गरेको छ । 

सो कार्यालयलाई आव २०८२/८३ मा युरिया १० हजार ६१८ दशमलव ५०० मेट्रिक टन, डिएपी सात हजार २८९ मेट्रिक टन, पोटास ४६३ मेट्रिक र कृषि चुन २३५ मेट्रिक टन रसायनिक मल प्राप्त भएको सूचना अधिकारी साहले बताउनुभयो । यसबाट अधिकांश प्राप्त मल किसानसम्म पुगिसकेको देखिएको छ ।

धान रोपाइँको मुख्य सिजनमा समेत कार्यालयले आवश्यकताअनुसार मल वितरण गर्दै मौज्दात व्यवस्थापनलाई प्रभावकारी बनाएको कार्यालय प्रमुख ध्रुव चौधरीले बताउनुभयो । धान रोपाइँको यामलाई लक्षित गरी मलको नियमित आपूर्ति, मौज्दात व्यवस्थापन र वितरण प्रक्रियालाई व्यवस्थित बनाइएको प्रमुख चौधरीको भनाइ छ । किसानको मागअनुसार थप मल उपलब्ध गराउन आवश्यक समन्वय समेत भइरहेको र यस वर्षको थप मल केही दिनभित्रै मल आइपुग्ने प्रमुख चौधरीको भनाइ छ ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब