६५२ किलो गाँजासहित लहानबाट तीन जना पक्राउ

  • साउन ७, २०८३ | ७७ पटक पढिएको | सीमा संदेश
alt

लहान नगरपालिका-३ नयाँ बस्ती टोलबाट प्रहरीले ६५२ किलो अवैध गाँजा र एक थान पिकअप गाडीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

गाडीभित्र नास्पातीका क्रेट पछाडि गाँजा लुकाएर राखिएको विशेष सूचनाका आधारमा मङ्गलबार अपरान्ह ४:३० बजे इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक राजु प्रसाद ढकाल र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारका प्रहरी सहायक निरीक्षक जोगिन्द्र कुमार साहको कमान्डमा संयुक्त प्रहरी टोली खटिएको थियो।

सो टोलीले लहान-३ स्थित श्याम कुमारी साहको घर अगाडि कम्पाउन्डमा पार्किङ गरी राखिएको बा.२१.च ५८६६ नम्बरको योध्दा पिकअप गाडीबाट भारी मात्रामा गाँजा बरामद गरेको हो।

ढोका र सिसा लक गरिएको अवस्थामा फेला परेको उक्त गाडीको पछाडिको भागमा राखिएका ४६ वटा नास्पातीका क्रेट हटाएर रीतपूर्वक खानतलासी गर्दा भित्री भागमा ३१ बोरा र २ वटा सेतो प्लास्टिकभित्र राखिएको गाँजा फेला परेको थियो।

प्रहरीले प्लास्टिक र बोरासहित नाप्दा ६५३ किलो र प्लास्टिक बाहेक खुद ६५२ किलो गाँजा बरामद भएको जनाएको छ। अवैध गाँजा ओसारपसार तथा भण्डारणमा संलग्न रहेको अभियोगमा प्रहरीले सिरहा लहान-३ नयाँ बस्ती टोल बस्ने अन्दाजी ३८ वर्षीया श्याम कुमारी साह, उनका १९ वर्षीय छोरा शिवम साह र भारतको बिहार राज्य मधुवनी जिल्ला घर भई हाल सोही ठाउँ बस्ने ४० वर्षीय गौरव महतोलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालका अनुसार बरामद गाँजा, नास्पातीका क्रेट, योध्दा पिकअप गाडी र नियन्त्रणमा लिइएका तीनै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान कार्य भइरहेको छ।

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब