२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन

  • साउन ८, २०८३ | ३८ पटक पढिएको | सीमा संदेश
alt

भारतीय सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो अनशन अन्त्य गरेका छन्।

उनले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै केन्द्रीय मन्त्री जेपी नड्डा, डा. जितेन्द्र सिंह तथा लेह–लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा आफूले अनशन तोडेको बताएका हुन्।

वाङचुकका अनुसार यसअघि विभिन्न राजनीतिक दलका ६५ सांसदहरूले पत्र लेखेर उनलाई अनशन अन्त्य गर्न आग्रह गरेका थिए।

उनले लामो छलफलपछि केही सर्तहरूमा सहमति बनेको र देशमा सम्भावित हिंसाको जोखिमलाई मध्यनजर गर्दै अनशन अन्त्य गर्ने निर्णय लिएको बताएका छन्।

वाङचुकले ती सर्तबारे आफूले छिट्टै छुट्टै भिडियोमार्फत विस्तृत जानकारी दिने उल्लेख गर्दै देशभर कुनै पनि प्रकारको हिंसा हुन नदिन सबैलाई संयमित र सतर्क रहन आग्रह गरेका छन्।

नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा विद्यार्थीहरू विगत एक महिनादेखि नयाँ दिल्लीको जन्तर–मन्तरमा प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका छन्। यही मागको समर्थनमा सोनम वाङचुक विगत २६ दिनदेखि आमरण अनशनमा बसेका थिए।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब