साउन १६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल
- साउन १६, २०८३ | ४३ पटक पढिएको | सीमा संदेश
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल साउन १६ गते । शनिबार । इस्वी सन् २०२६ अगस्ट १ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण कृष्णपक्ष । तिथि–तृतीया, बेलुकी ९ बजेर ३१ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–शतभिषा, बेलुकी ८ बजेर २१ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–शोभन, बेलुकी ९ बजेर ३१ मिनेट उप्रान्त अतिगण्ड । करण–वणिज, बिहान ९ बजेर २९ मिनेट उप्रान्त भद्रा, बेलुकी ९ बजेर ३१ मिनेट उप्रान्त बव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कुम्भ ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर २७ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५१ मिनेट । दिनमान ३३ घडी ३० पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर २७ मिनेटसम्म काल बेला ।
- बिहान ५ बजेर २८ मिनेटदेखि बिहान ७ बजेर ८ मिनेटसम्म शुभ बेला ।
- बिहान ७ बजेर ९ मिनेटदेखि बिहान ८ बजेर ४८ मिनेटसम्म रोग बेला ।
- बिहान ८ बजेर ४९ मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म उद्वेग बेला ।
- बिहान १० बजेर ३० मिनेटदेखि मध्यान्ह १२ बजेर ९ मिनेटसम्म चर बेला ।
- दिउसो १२ बजेर १० मिनेटदेखि दिउसो १ बजेर ५० मिनेटसम्म लाभ बेला ।
- दिउसो १ बजेर ५१ मिनेटदेखि दिउसो ३ बजेर ३० मिनेटसम्म अमृत बेला ।
- दिउसो ३ बजेर ३१ मिनेटदेखि बेलुकी ५ बजेर ११ मिनेटसम्म काल बेला ।
- बेलुकी ५ बजेर १२ मिनेटदेखि बेलुकी ८ बजेर ११ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ८ बजेर ४८ मिनेटदेखि दिउसो १० बजेर २८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ५१ मिनेटदेखि बिहान ४ बजेर ३९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने साथीभाइ सँगको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । समयको सदुपयोग गर्दै परिवारका साथ समय व्यातित गर्न सकिनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयको सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जानेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बौद्धिकताको प्रयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम वस्त्र, मन पर्ने तथा बिलासी बस्तु हात लागी हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा संस्कार संस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरूपी निकास दिने सहमति जुट्ने योग रहेको छ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्त्वहरूले प्रभावित पार्नेछ । अध्ययनमा ध्यान जानेछैन भने कार्यक्षेत्रमा काम बिग्रने तथा तपाईँको आलोचना गर्नेहरू बढ्नेछन् । पुराना समस्याहरू पुनः आइलाग्ने तथा शत्रुहरूले दुःख दिनेछन् । सवारी साधनको प्रयोग गर्दा वा बाटो काट्दा ध्यान दिनुहोला ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ । विशेष समारोहबिच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दुरीको धार्मिक यात्रा हुनेछ । व्यापारमा गरिएको लगानी वृद्धि भएर जानेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) इष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । शत्रु परास्त गर्दै अगाडी बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरू किनारा लाग्नेछन् । व्यापार तथा औद्योगिक क्षेत्रमा आज गरिने लगानीबाट आगामी दिनमा राम्रो आम्दानी हुनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईँको इमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमत्ता पूर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तिको योग रहेको छ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रसन्न रहनेछ ।
- वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापारमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । तर पनि यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । जग्गा सम्बन्धी विवादमा फस्न सकिन्छ ध्यान दिनुहोला ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा दाजुभाइ तथा आफन्तहरू खुसी हुनेछन् । विवाद तथा प्रतिस्पर्धाको निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले मन प्रसन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेको छ । उद्योग तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पेशा व्यवसायमा समय खर्चिनेहरूका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहको छ । मन पर्ने भोजन, उत्तम वस्त्र तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागी हुने योग रहेको छ । तपाईँको लुवाई ख्वाई देखेर सबै जना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कर्म प्राप्तिको निमित्त लामो दुरीको यात्रा हुनेछ । विदेशी सामानको व्यापार वा विदेशी भूमिमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ । किनमेल, खानपान तथा भेटघाटमा समय व्यातित हुनेछ । अध्ययनमा विद्यार्थीहरुका लागी आजको समय शुभ रहेको छ । स्वास्थ्य सामग्री तथा टेक्निकल क्षेत्रमा काम गर्नेहरूका लागी आजको दिन शुभ रहनेछ । तर पनि नियम सङ्गत काम नगर्नाले दुःख पाइन सक्छ ध्यान दिनुहोला ।
तपाईँको दिन शुभ रहोस् ।