मधेस घटना सुनियोजित भएको मधेसी नेताहरूको आरोप

  • साउन १६, २०८३ | ७२ पटक पढिएको | सीमा संदेश
alt

मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लाई भेटेर मधेसमा भएका घटनाहरू अप्रत्याशित नभई सुनियोजित रहेको आरोप लगाएका छन्। 

भेटमा उनीहरूले आफ्ना गुनासो तथा सुझावहरू प्रस्तुत गर्दै श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङ र गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि शङ्का व्यक्त गरेका हुन्।

घटना भएको दिन जिल्लामा प्रहरीका शीर्ष नेतृत्व अनुपस्थित हुनु, सोही समयमा बत्ती जानु, र बंगलादेशबाट आएका रोहिंग्याहरूलाई सीमामा नरोकिनुले सरकारकै षड्यन्त्र रहेको उनीहरूले दाबी गरे।

यति ठुलो घटना हुँदा पनि गृहमन्त्री गुरुङ मधेस नगएको र नेपाली सेनालाई फिल्डमा उतारिएको विषयलाई पनि उनीहरूले शङ्कास्पद रूपमा हेरेका छन्। नेता रामकुमार शर्माका अनुसार यी सबै परिस्थिति हेर्दा घटना सुनियोजित देखिने भएकाले सत्यतथ्य छानबिन हुनुपर्छ।

अर्कोतर्फ, प्रधानमन्त्री बालेन्द्र शाहले भने घटनामा कुनै पनि प्रकारको सुनियोजित षड्यन्त्र नरहेको दाबी गरे। आन्दोलनको समयमा जाँदा थप आशङ्का पैदा हुने भएकाले गृहमन्त्री सुरुमा मधेस नगएको, तर आफ्ना मान्छेमार्फत सुरक्षा अवस्थाको जानकारी र संवाद जारी राखेको उनले स्पष्ट पारे। 

पछि आफ्नै आग्रहमा गृहमन्त्री सुनसरी गएको जानकारी प्रधानमन्त्री बालेनले दिए। प्रहरीसँग दङ्गा नियन्त्रणको आवश्यक तालिम नभएकाले पटक-पटक यस्ता समस्या आएको स्विकार्दै बालेनले भने, ‘अहिलेसम्म ज्यान गुमाएका मान्छेहरू प्रहरीकै गोलीबाट मरेका हुन्।’ 

अब प्रहरीलाई दङ्गा नियन्त्रणको तालिम दिइने र शान्ति सुरक्षा कायम गर्नकै लागि सेना फिल्डमा उतारिएको उनले बताए।

सङ्घीयताको विषयमा आफूमाथि शङ्का नगर्न आग्रह गर्दै बालेनले मैथिली भाषामा भनेका थिए, ‘देशमा राजतन्त्र आउँछ, सङ्घीयता जान्छ, हिन्दु राष्ट्र बन्छ भन्ने कुरा अफवाह हुन्। यस्ता कुरामा विश्वास नगर्नुस्। मैले सङ्घीयताको विरुद्धमा जाने कल्पनासम्म गर्न सक्दिनँ।’

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब