साउन १७ गते आइतबार,यस्तो छ तपाईंको राशिफल
- साउन १७, २०८३ | ४७ पटक पढिएको | सीमा संदेश
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल साउन १७ गते । आइतबार । इस्वी सन् २०२६ अगस्ट २ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण कृष्णपक्ष । तिथि–चतुर्थी, बेलुकी ९ बजेर ११ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–पूर्वाभाद्रपदा, बेलुकी ८ बजेर ४५ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–अतिगण्ड, बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त सुकर्मा । करण–बव, बिहान ९ बजेर २५ मिनेट उप्रान्त बालव, बेलुकी ९ बजेर ११ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–चर योग । चन्द्रराशि–कुम्भ, दिउँसो २ बजेर ४२ मिनेट उप्रान्त मीन ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर २८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५० मिनेट । दिनमान ३३ घडी २७ पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर २८ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ५ बजेर २९ मिनेटदेखि बिहान ७ बजेर ८ मिनेटसम्म चर बेला ।
- बिहान ७ बजेर ९ मिनेटदेखि बिहान ८ बजेर ४८ मिनेटसम्म लाभ बेला ।
- बिहान ८ बजेर ४९ मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म अमृत बेला ।
- बिहान १० बजेर ३० मिनेटदेखि मध्यान्ह १२ बजेर ९ मिनेटसम्म काल बेला ।
- दिउँसो १२ बजेर १० मिनेटदेखि दिउँसो १ बजेर ५० मिनेटसम्म शुभ बेला ।
- दिउँसो १ बजेर ५१ मिनेटदेखि दिउँसो ३ बजेर ३० मिनेटसम्म रोग बेला ।
- दिउँसो ३ बजेर ३१ मिनेटदेखि बेलुकी ५ बजेर १० मिनेटसम्म उद्वेग बेला ।
- बेलुकी ५ बजेर ११ मिनेटदेखि बेलुकी ८ बजेर १० मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बेलुकी ५ बजेर १० मिनेटदेखि बेलुकी ६ बजेर ५० मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ५२ मिनेटदेखि बिहान ४ बजेर ४० मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामको सवालमा विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आफन्त, घरपरिवार तथा साथीभाइहरूका सहयोग पाइनाले मन प्रसन्न रहनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापारमा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागी समय फलदायी रहेको छ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार तथा औद्योगिक क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । भूमि, वाहन तथा पैतृक सम्पत्तिमा वृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कीर्तिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउन महानेहरुका लागी समय उत्तम रहेको छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक तथा धार्मिक काममा अभिरुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला उपलब्धि हासिल हुनेछ । प्रेममा सामिप्यता बढ्नेछ । खाद्यान्न, निर्माण सामाग्री तथा औषधीजन्य सामानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा धोका तथा अविश्वास हुनेछ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । साना तिना घरेलु समस्या सुल्झाउँदा सुल्झाउँदै समय बित्नेछ । आफन्त तथा चेली माइती बिच मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । साँझपख छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । व्यापारबाट लाभ लिन सकिनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) रमाइलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार तथा उद्योगमा सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईँको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् । व्यापार तथा शेयर बजारको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरीको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामूलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । खाद्यान्न, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्तहरू टाढिने तथा पति पत्नी बिच सामान्य मनमुटाबको सिर्जना हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । साँझपख आधुनिक कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आÏनै मेहनतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशीलताका साथ गरिने कामको उच्च मूल्याङकन हुनेछ । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ । प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईँको बोलीको सबैले कदर गर्नेछन् । व्यापार तथा औद्योगिक क्षेत्रमा आज गरिने लगानी फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । गीत सङ्गीतमा लाग्नेहरूका लागी समयले साथ दिनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफ्नो दैनिक काम सम्पादन गरी बचेको समय समाजसेवामा खर्चन पाइने हुनाले मान सम्मान पाइनेछ । इच्छाशक्ति बढ्ने तथा कीर्तिमानी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाइनेछ । घुमफिर तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटोपार्टस सम्बन्धी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका पाइनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । साँझपख विदेशी सामानको व्यापार तथा विदेशी संस्थामा काम गर्नेहरूको लागी समय उत्तम रहेको छ । अध्ययन तथा कामको लागी छोटो दुरीको यात्रा गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा जनताको गतिलो समर्थन पाइनेछ ।
तपाईँको दिन शुभ रहोस् ।