विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने, गरे कारबाही हुने

  • साउन १९, २०८३ | ८० पटक पढिएको | सीमा संदेश
alt

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इच्छाविपरीत जबर्जस्ती कपाल काट्ने वा कटाउने कार्य नगर्न सबै विद्यालयलाई आग्रह गरेको छ।

परिषद्ले विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काटिदिएको विषयमा पछिल्ला केही दिनदेखि उजुरी तथा जानकारी प्राप्त भइरहेको भन्दै यस्तो कार्य तत्काल रोक्न विद्यालय प्रशासन तथा व्यवस्थापन समितिलाई आग्रह गरेको हो।

परिषद्का अनुसार बालबालिकाको इच्छाविपरीत कपाल काट्ने कार्यले उनीहरूको आत्मसम्मान, मर्यादा तथा शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। बालबालिकालाई अनुशासनमा राख्ने नाममा शारीरिक वा मानसिक दण्ड दिने तथा अमर्यादित व्यवहार गर्ने कार्यसमेत कानुनविपरीत हुने परिषद्ले जारी गरेको विज्ञप्ति स्पष्ट पारेको छ।  

बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार घर, विद्यालय वा जुनसुकै स्थानमा बालबालिकालाई शारीरिक वा मानसिक दण्ड दिने तथा अमर्यादित व्यवहार गर्ने कार्य बालबालिकाविरुद्धको हिंसाका रूपमा लिइने परिषद्ले जनाएको छ।

यस्तो कार्य गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको छ। परिषद्ले पोसाक वा साजसज्जासम्बन्धी मापदण्ड पालना नगरेको, शुल्क नतिरेको वा अन्य कारण देखाएर विद्यार्थीलाई अपमानित गर्ने, सार्वजनिक रूपमा लाञ्छित गर्ने, विभेदपूर्ण व्यवहार गर्ने तथा कक्षा वा परीक्षामा सहभागी हुनबाट वञ्चित गर्ने कार्य नगर्न पनि विद्यालयहरूलाई आग्रह गरेको छ।

त्यसैगरी, विद्यार्थीको शारीरिक स्वरूप, पहिचान, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने, लाञ्छित गर्ने, चरित्रमाथि प्रश्न उठाउने तथा लामो समयसम्म घाम वा अन्य प्रतिकूल अवस्थामा उभ्याएर दण्ड दिने कार्यसमेत विद्यालयमा निषेध गर्न परिषद्ले आग्रह गरेको छ।

शिक्षा नियमावलीले समेत विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने कुनै पनि गतिविधि विद्यालय परिसर वा कक्षाकोठामा सञ्चालन गर्न वा गराउन नहुने व्यवस्था गरेको परिषद्ले स्मरण गराएको छ।

बालबालिकाको अधिकार, सम्मान र संरक्षण सुनिश्चित हुने गरी विद्यालयमा आवश्यक आचारसंहिता निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न परिषद्ले सबै विद्यालय प्रशासन तथा व्यवस्थापन समितिलाई आग्रह गरेको छ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब