कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हुनेको संख्या १३२ नाघ्यो

  • साउन २६, २०८३ | १०८ पटक पढिएको | सीमा संदेश
alt

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै शक्तिशाली भूकम्पमा परी अहिलेसम्म कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० जना घाइते भएका छन् । शक्तिशाली भूकम्पका कारण विभिन्न सहरमा भवनहरू भत्किएका छन्, अस्पताल तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ र केही मानिस भग्नावशेषमा पुरिएका छन् ।

कोलम्बियाका नवनियुक्त राष्ट्रपति अबेलार्दो दे ला एस्प्रियेलाले राष्ट्रिय आपत्काल घोषणा गर्दै सरकारको पहिलो प्राथमिकता भग्नावशेषमा पुरिएका मानिसको उद्धार गर्नु रहेको बताएका छन् । ‘भग्नावशेषमुनि फसेका मानिसहरूको उद्धार पहिलो प्राथमिकता हो,’ उनले स्थानीय समयअनुसार दिउँसो राष्ट्रिय सम्बोधनमार्फत भने।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड थियो र यसको केन्द्र जमिनको करिब १०७ किलोमिटर गहिराइमा थियो । कोलम्बियाको भूगर्भ सेवा संस्थाका अनुसार यो २१औँ शताब्दीमा देशमा रेकर्ड भएको सबैभन्दा शक्तिशाली भूकम्प हो ।

भूकम्पको केन्द्रनजिक रहेको चोको क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन ढिलाइ भएको छ । चोकोकी गभर्नर नुबिया क्यारोलिना कोर्डोबाका अनुसार त्यहाँ मात्रै १२ जनाको मृत्यु र ८४ जना घाइते भएका छन् ।सबैभन्दा ठूलो क्षति भने कोलम्बियाको कफी उत्पादन क्षेत्रअन्तर्गत पर्ने रिसाराल्दामा देखिएको छ । त्यस क्षेत्रको राजधानी पेरेरियामा व्यापक क्षति भएको छ र उद्धारकर्मीहरूले भत्किएका भवनमा मानिस जीवितै फसेका छन् कि छैनन् भनेर खोजी जारी राखेका छन् ।

भवन भत्किए, विमानस्थल बन्द

भूकम्पमा परेर संरचना भत्किएका छन् । मानिजालेसमा रहेको प्रसिद्ध नव–गोथिक शैलीको क्याथेड्रलको एक छेउको टावर भत्किएर सडकमा भग्नावशेष खसेको छ । कालीमा उद्धारकर्मी, प्रहरी र स्वयंसेवकहरूले हातैले भग्नावशेष हटाउँदै पुरिएका मानिसको खोजी गरेका थिए । कालीका अग्निनियन्त्रक मौरिसियो आन्द्रादेका अनुसार उनको टोलीले भत्किएको भवनबाट दुई महिला र दुई बालबालिकालाई जीवितै उद्धार गरेको थियो ।

‘उनीहरू जीवित छन् । हामी उनीहरूलाई बाहिर निकाल्न ठाउँ बनाइरहेका छौँ,’ उनले भने ।

कालीमा एउटा भवन भत्किँदा ‘बम विस्फोटजस्तो आवाज आएको’ स्थानीय बासिन्दा जुआन कार्लोस ओसोरियोले बताए । स्थानीय बासिन्दाहरूले मानव शृंखला बनाएर भग्नावशेष हटाइरहेका थिए । तर धेरै मानिस फसेकाले भारी उपकरण आवश्यक रहेको उनीहरूले बताएका छन् ।

भूकम्पपछि कोलम्बियाको नागरिक उड्डयन प्राधिकरणले पश्चिमी क्षेत्रका पेरेरिया, मानिजालेस, क्विब्दो, आर्मेनिया, कार्तागो र बुएनाभेन्तुरा लगायतका विमानस्थलमा उडान सञ्चालन अस्थायी रूपमा रोकेको छ । इन्जिनियरहरूले विमानस्थलका संरचनाको सुरक्षा परीक्षण गरिरहेका छन् ।

थप परकम्पको चेतावनी

कोलम्बिया भूकम्पीय रूपमा सक्रिय प्यासिफिक रिङ अफ फायर क्षेत्रमा पर्छ । देशमा हरेक महिना हजारौँ साना भूकम्प जाने गरेका छन् ।

नर्थवेस्टर्न युनिभर्सिटीकी भूकम्पविद् सुजान भान डर लीका अनुसार भूकम्प निकै गहिराइमा गए पनि यसको ठूलो परिमाण, जमिनभित्रको स्थान र भूकम्पीय चालका कारण बाक्लो बस्ती भएका उपत्यकामा शक्तिशाली कम्पन उत्पन्न भएको हुन सक्छ ।

कोलम्बियाको भूगर्भ सेवाका अनुसार सोमबार रातिसम्म २१ वटा परकम्प रेकर्ड भइसकेका थिए । संस्थाले थप परकम्प आउन सक्ने चेतावनी दिएको छ ।

यसअघि कोलम्बियाको कफी क्षेत्र सन् १९९९ मा ६.२ म्याग्निच्युडको भूकम्पबाट पनि ठूलो रूपमा प्रभावित भएको थियो । त्यस भूकम्पमा विशेषगरी आर्मेनिया र पेरेरिया आसपास १ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब