कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

  • साउन ३०, २०८३ | ७९ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको तार सर्ट भएर आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। राति करिब १ बजेको समयमा स्थानीय भनुवा मण्डलको घरमा विद्युत्को तार सर्ट भई अचानक आगलागी भएको हो।

आगलागीमा घरमा भण्डारण गरेर राखिएको खाद्यान्न, धान-चामल,गहु,केही नगद,प्लाइ,भाडाकुडा,लागयतका घरमा राखिएका खाधन समाग्री लगायतका विभिन्न सरसामान जलेर नष्ट भएको पीडित मण्डलले बताएका छन्।

आगो लागेको थाहा पाएपछि स्थानीयवासीले तत्काल नियन्त्रणको प्रयास गरेका थिए। गोलबजार नगरपालिकाको दमकलसमेत घटनास्थलमा पुगेपछि स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। समयमै आगो नियन्त्रणमा आएपछि घरका अन्य भागमा आगो फैलिनबाट जोगिएको स्थानीयले बताएका छन्।

वडा नम्बर ९ का अध्यक्ष विनोद यादवले प्रारम्भिक जानकारीअनुसार विद्युतको तार सर्ट भएर आगलागी भएको बताए। उनका अनुसार आगलागीबाट घरमा राखिएका खाद्यान्न तथा अन्य सामग्री जलेर क्षति भएको छ।

पीडित भनुवा मण्डलले रातिको समयमा अचानक आगलागी भएकाले घरभित्र रहेका अधिकांश सामान निकाल्न नसकिएको बताए। उनले आगलागीबाट करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यलय कल्याणपुरको टोलीसमेत घटनास्थलमा पुगेर मुचुल्का तथा क्षतिको विवरण संकलन गरेको छ। प्रहरीले प्रारम्भिक रूपमा विद्युतको तार सर्ट भएर आगलागी भएको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सिरहा क्याम्पसमा वाणिज्य सङ्काय र पीजीडीई तर्फ आकर

गोलबजार । सरकारले आंशिक क्याम्पसहरु प्रति  गरिरहेक ...

प्रेस युनियन सिरहा शाखामा सर्वसम्मत नेतृत्व चयन

नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले स ...

गोलबजारमा विद्युत् अनियमितताले खानेपानीको समस्या

सिरहाको गोलबजार नगरपालिका–१०, पुरानो चोहर्वास्थित ...

सिरहामा करेन्ट लागेर एकै दिन तीनजनाको मृत्यु

धानमा सिँचाइका लागि विद्युतीय मोटर चलाउन खोज्दा सिराहाम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब