२६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

  • भदौ २, २०८३ | ११० पटक पढिएको | सीमा संदेश
alt

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा सुरक्षा गस्तीमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले २६ लाख रुपैयाँभन्दा बढीका अवैध सामान बरामद गरेको छ । 

गस्तीमा रहेका सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले सोमबार जिल्लाको विभिन्न सीमावर्ती ठाउँबाट २६ लाख २९ हजार ९९३ रुपैयाँबराबरका भन्सार छली गरी ल्याइएको अ‍वैध सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले जानकारी दिए । उनका अनुसार बरामद गरिएका लत्ताकपडा, कस्मेटिक र किराना सामानहरू, मदिरा, पेय पदार्थ, हार्डवेयरका सामान, बिउबिजन तथा मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरी माडर भन्सार कार्यालयमा दाखिला गरिएको छ । 

दुई महिनामा ४७ लाखभन्दा बढीका सामान दाखिला 
पछिल्लो समय सशस्त्र प्रहरी बलले सीमा नाकाबाट हुने अवैध निकासी र चोरी पैठारीविरुद्ध कडा निगरानी र गस्ती गरिरहेको गणले जनाएको छ । सीमामा कडाइसँगै गस्ती बढाइएपछि धमाधम भन्सार छली गरिएका अवैध सामान बरामद हुन थालेको जनाइएको छ। 
गणका अनुसार जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको गस्ती टोलीले गस्तीको क्रममा ४७ लाख रुपैयाँभन्दा बढीको अवैध सामान, मोटरसाइकल बरामद गरी भन्सार दाखिला गरेको छ ।

सशस्त्र प्रहरीले गत २३ साउनमा मोटरसाइकल, लत्ताकपडा, कस्मेटिक सामान, किराना समान तथा विभिन्न ब्रान्डका मदिरा गरी आठ लाख ९७ हजार ९७९ रुपैयाँबराबरको सामान बरामद गरिएको जनाएको छ । त्यस्तै, १ साउनमा १५ लाख ४८ हजार ८७० रुपैयाँ, गत ३ असारमा १४ लाख तीन हजार ३२६ रुपैयाँबराबरको अवैध सामान बरामद गरी भन्सारमा दाखिला गरिएको जनाइएको छ । 

त्यस्तै, १८ असारमा सशस्त्र प्रहरीको गस्ती टोलीले सिराहा नगरपालिका १६ खिरौनाबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको र नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा किराना सामान, कपडा, मोटरसाइकल तथा मदिरा गरी नौ लाख २६ हजार ८५० रुपैयाँबराबरको सामानहरू बरामद गरी भन्सार बुझाइएको गणले जनाएको छ । 

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब