बाबा रामदेवलाई कंगनाको चेतावनी: मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्

  • भदौ ६, २०८३ | १०८ पटक पढिएको | सीमा संदेश
alt

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौत र योगगुरु बाबा रामदेवबीच सामाजिक सञ्जालमा तीखो वाक्युद्ध सुरु भएको छ। कंगनाको विवादास्पद अभिव्यक्तिमाथि रामदेवले टिप्पणी गरेपछि कंगनाले इन्स्टाग्राममार्फत उनलाई कडा जवाफ दिएकी हुन्।  

कंगनाले रामदेवको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै आफ्नो जवानी र निजी जीवनबारे टिप्पणी नगर्न चेतावनी दिएकी छन्। उनले आफूलाई चरित्रको पाठ नपढाउनसमेत रामदेवलाई आग्रह गरेकी छन्।

विवाद कंगनाले केही युवा प्रदर्शनकारीलाई लक्षित गर्दै गरेको ‘जेनेरेसन गटर’ टिप्पणीबाट सुरु भएको थियो। आलोचना भएपछि उनले आफूले सबै युवालाई नभई आफूलाई ‘कक्रोच’ भन्ने केही व्यक्तिलाई मात्र लक्षित गरेको स्पष्टीकरण दिएकी थिइन्।

यही अभिव्यक्तिको आलोचना गर्दै रामदेवले कंगनाको विगत र युवावस्थासँग जोडेर टिप्पणी गरेपछि अभिनेत्रीले सामाजिक सञ्जालमार्फत प्रतिवाद गरेकी हुन्।

कंगनाले आफ्नो जवाफमा रामदेवको विगतबारे समेत संकेत गर्दै आफूलाई चरित्रको पाठ नपढाउन भनेकी छन्। उनले आफ्नो चरित्रमाथि प्रश्न उठाउने आधार नभएको दाबी गर्दै रामदेवको टिप्पणीलाई व्यक्तिगत आक्रमणका रूपमा लिएको संकेत गरेकी छन्।

यस क्रममा कंगनाले सन् २०२४ को पतञ्जलि आयुर्वेदसम्बन्धी मुद्दासमेत स्मरण गराएकी छन्। भ्रामक विज्ञापनसम्बन्धी उक्त मुद्दामा बाबा रामदेव र आचार्य बालकृष्णले भारतीय सर्वोच्च अदालतमा लिखित रूपमा माफी मागेका थिए।

उनीहरूले भविष्यमा भ्रामक औषधीय दाबी नगर्ने तथा आधुनिक चिकित्सा प्रणालीविरुद्ध अपमानजनक टिप्पणी नगर्ने प्रतिबद्धता जनाएका थिए।

यस घटनाले कंगना र रामदेवबीचको विवादलाई केवल कंगनाको अभिव्यक्तिको आलोचनामा सीमित नराखी दुवै पक्षबाट एकअर्काको सार्वजनिक छवि, विगत र व्यक्तिगत विषयसम्म पुगेको छ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब