ताप्लेजुङ गोल्डकपको फाइनलमा सलहेस

  • भदौ १७, २०८३ | ८३ पटक पढिएको | सीमा संदेश
alt

मङ्गलबार भएको पहिलो सेमिफाइनल खेलमा जित निकाल्दै सिराहाको सलहेस युथ क्लब अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङलाई २–० गोलअन्तरले पराजित गर्दै सलहेस फाइनलमा पुगेको हो ।

खेलको मध्यान्तरसम्म दुवै टोलीले गोलरसहित बराबरी खेलेका थिए । मध्यान्तरपछि भने खेलको ६२ औं मिनेटमा सलहेसका निसकुमार श्रेष्ठले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउनुभएको थियो । खेलको ७२ औं मिनेटमा सलहेसका फागुराम थारुले गोल गर्दै टिमलाई बलियो बनाउनुभयो । 

जर्जियन युनाइटेडका तर्फबाट गोल गर्ने अधिकतम् प्रयास गरे पनि असफल रह्यो ।

खेल अवधिभर जर्जियन युनाइटेडका तर्फबाट गोल हुन नसकेपछि सलहेसको जितका लागि दुई गोल पर्याप्त बन्यो । सलहेस युथ क्लब साविक विजेतासमेत हो । मङ्गलबारको खेलमा सलहेसका खेलाडी फागुराम थारु म्यान अफ दि म्याच बन्नुभएको छ ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार बुधबार अन्तिम सेमिफाइनल खेल पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा ११ फुटबल क्लबबिच हुनेछ । प्रतियोगिताको फाइनल खेल भदौ १९ गते हुनेछ ।

प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८३ रुपियाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ । 

आयोजक समितिका अध्यक्ष सागर मादेनका अनुसार प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन् ।

त्यस्तै, टिकट काटेर खेल हेर्ने एकजना भाग्यशाली दर्शकलाई उपहारस्वरूप स्कुटर प्रदान गरिने अध्यक्ष मादेनले जानकारी दिनुभयो । प्रतियोगिता फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब