एम्बुलेन्सबाट नवजात शिशुको तस्करी, ८ जना पक्राउ

  • भदौ २१, २०८३ | ७४ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशको सीमासँग जोडिएको भारत बिहारको पूर्वी चम्पारणस्थित मोतिहारीमा नवजात शिशुको खरिद–बिक्री गर्ने अन्तरराज्यीय गिरोहको पर्दाफास भएको छ ।

प्रहरीले विशेष कार्यदल (एसटीएफ) को सहयोगमा एम्बुलेन्समार्फत नवजात बालिकाको तस्करी भइरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पकडीदयाल क्षेत्रमा नवजात बालिकालाई एम्बुलेन्समा राखेर अन्यत्र लैजाँदै गरेको सूचनाका आधारमा घेराबन्दी गरिएको थियो । त्यस क्रममा एउटा एम्बुलेन्स र अल्टो कार नियन्त्रणमा लिइएको थियो । घटनामा औरंगाबादका एक दम्पती तथा पटना क्षेत्रका दलालसहित ८ जना पक्राउ परेका छन् ।

उनीहरूको साथबाट १ लाख १२ हजार रुपैयाँ नगद, एम्बुलेन्स, अल्टो कार तथा विभिन्न मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नवजात शिशु -बालिका) को सौदा १ लाख १२ हजार रुपैयाँमा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उद्धार गरिएकी बालिकालाई हाल विशाल चाइल्ड केयरमा चिकित्सकीय निगरानीमा राखिएको छ भने उनकी वास्तविक आमा अस्पतालमा उपचाररत रहेको बताइएको छ ।

नवजात शिशुको उद्धारका लागि प्रयोग हुने एम्बुलेन्स नै तस्करीको माध्यम बनेको घटनाले मानव बेचबिखनको स्वरूप कति भयावह बन्दै गएको छ भन्ने देखाएको छ । बिरामी तथा आपत्कालीन सेवाका लागि प्रयोग हुने सवारीसाधनमाथि समेत तस्कर हरूको पहुँच पुग्नु सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न हो । बालबालिकाको खरिद– बिक्री सामान्य आपराधिक घटना मात्र होइन, यसले बाल अधिकार, मानव बेचबिखन तथा संगठित अपराधसँग जोडिएको गम्भीर जोखिमलाई संकेत गर्छ ।

अझ नवजात शिशुलाई निश्चित रकममा किनबेच गरिएको तथ्यले आर्थिक रूपमा कमजोर परिवार र असहाय अवस्थाको फाइदा उठाएर संगठित गिरोह सक्रिय रहेको आशंका बढाएको छ । गिरोहको जालो कहाँसम्म ? प्रहरीले पक्राउ परेकाहरूबीचको सम्बन्ध, बालिकाको वास्तविक परिवार, खरिदकर्ता, बिचौलिया र अन्य सम्भावित व्यक्तिहरूबारे अनुसन्धान गरिरहेको छ । साथै यस गिरोहले यसअघि पनि नवजात शिशुको खरिद–बिक्री गरेको थियो कि थिएन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको छ ।

एक नवजात बालिकाको उद्धारसँगै घटना टुंगिनेभन्दा पनि यस्तो गिरोहको जालो कहाँसम्म फैलिएको छ र यसअघि कति बालबालिका बेचबिखनको सिकार भए भन्ने प्रश्नको जवाफ खोज्नु अहिले प्रहरीको मुख्य चुनौती हो । साथै अस्पताल, एम्बुलेन्स सेवा र सीमावर्ती क्षेत्रको निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब