मधेशी लक्षित अभिव्यक्ति लेख्ने पक्राउ

  • भदौ २२, २०८३ | ६५ पटक पढिएको | सीमा संदेश
alt

मधेशी समुदायलाई लक्षित गरी सामाजिक सद्भावमा खलल पुग्ने तथा द्वन्द्व भड्काउने प्रकृतिका अभिव्यक्ति सार्वजनिक स्थानमा लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा खोटाङको बाक्सिला नगरपालिका–१५ घर भई काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्दै आएका ३५ वर्षीय विशाल गुरुङ रहेका छन् । उनले काठमाडौका विभिन्न स्थानमा ‘मधेशी धोती गो ब्याक टू यू इण्डिया’ लगायतका अभिव्यक्तिहरुले लेखेका थिए । काठमाडौंका विभिन्न सार्वजनिक स्थानमा विभिन्न मितिमा मधेशी समुदायलाई लक्षित गरी सामाजिक सद्भाव बिगार्ने किसिमका अभिव्यक्ति लेखिएको पाइएपछि प्रहरीले संलग्न व्यक्तिको खोजी थालेको थियो ।

सोही क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले गुरुङलाई शंखमुलबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा नियन्त्रणमा लिएर प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले सामाजिक सद्भावमा असर पार्ने तथा द्वन्द्व भड्काउने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको जानकारी दिएका छन् ।

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब