मधेशी लक्षित अभिव्यक्ति लेख्ने पक्राउ

  • भदौ २२, २०८३ | १२३ पटक पढिएको | सीमा संदेश
alt

मधेशी समुदायलाई लक्षित गरी सामाजिक सद्भावमा खलल पुग्ने तथा द्वन्द्व भड्काउने प्रकृतिका अभिव्यक्ति सार्वजनिक स्थानमा लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा खोटाङको बाक्सिला नगरपालिका–१५ घर भई काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्दै आएका ३५ वर्षीय विशाल गुरुङ रहेका छन् । उनले काठमाडौका विभिन्न स्थानमा ‘मधेशी धोती गो ब्याक टू यू इण्डिया’ लगायतका अभिव्यक्तिहरुले लेखेका थिए । काठमाडौंका विभिन्न सार्वजनिक स्थानमा विभिन्न मितिमा मधेशी समुदायलाई लक्षित गरी सामाजिक सद्भाव बिगार्ने किसिमका अभिव्यक्ति लेखिएको पाइएपछि प्रहरीले संलग्न व्यक्तिको खोजी थालेको थियो ।

सोही क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले गुरुङलाई शंखमुलबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई सार्वजनिक शान्ति खलल पार्न नहुने सम्बन्धी कसुरमा नियन्त्रणमा लिएर प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले सामाजिक सद्भावमा असर पार्ने तथा द्वन्द्व भड्काउने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको जानकारी दिएका छन् ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब