नोरा फतेहीमाथि उड्डयन कम्पनीको मानहानि मुद्दा

  • भदौ २४, २०८३ | १५६ पटक पढिएको | सीमा संदेश
alt

एक भारतीय उड्डयन कम्पनी एविएशनले बलिउड अभिनेत्री नोरा फतेहीविरुद्ध ३ करोड भारुको मानहानि मुद्दा दायर गरेको छ। कम्पनीले नोरा फतेहीका ‘अपमानजनक र गैरजिम्मेवार’ टिप्पणीका कारण आफ्नो प्रतिष्ठामा क्षति पुगेको दाबी गरेको छ।

ड्युन्स एभिएसनले गुजरातको अदालतमा मुद्दा दायर गरेको हो। कम्पनीका अनुसार, नोरा फतेहीले आफ्नो इन्स्टाग्राम खातामा चार्टर्ड विमानको भिडियो सार्वजनिक गर्दै उक्त विमानलाई ‘सानो’, ‘खेलौना’ र ‘लेगोको विमान’ जस्ता शब्द प्रयोग गरेकी थिइन्।

४ करोड ६० लाखभन्दा बढी फलोअर्स भएकी नोरा फतेहीका लापरबाहीपूर्ण टिप्पणीका कारण विमानको बुकिङ रद्द हुन थालेको कम्पनीको आरोप छ। यसले कम्पनीको व्यावसायिक गतिविधिमा समेत नकारात्मक असर परेको कम्पनीको दाबी छ।

कम्पनीले आफ्नो बुकिङमा १५–२० प्रतिशतसम्म गिरावट आएको र रद्द हुने क्रम बढेको दाबी गरेको छ।

मुद्दामा कम्पनीले अदालतसँग ३ करोड भारु क्षतिपूर्ति दिलाउन माग गरेको छ। साथै, सामाजिक सञ्जालबाट विमानबारे गरिएका टिप्पणी वा उल्लेख भएका सबै सामग्री तत्काल हटाउन आदेश दिन पनि माग गरिएको छ। यस विषयमा सेप्टेम्बर २५ मा सुनुवाइ गर्नेछ।

अहिलेसम्म नोराको यस विषयमा कुनै आधिकारिक स्पष्टीकरण भने आएको छैन।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब