सिरहा नगरपालिका भित्र सङोर नेपालको नेतृत्वमा दुई वटा बाल क्लव गठन

  • पुस १७, २०७८ | ५२१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । बालबालिकाहरुका अधिकार वकालतका लागि सिरहा नगरपालिका भित्र सङोर नेपालको नेतृत्वमा दुई वटा बाल क्लव गठन गरिएको छ । सिरहा नगपालिका वडा नं. ७, सिरहा सहयोग र सङोर नेपाल, सिरहाको आयोजनामा तिन दिने बाल अधिकार सम्बन्धी तालिम संचालन गरी नगरपालिका भित्र बाल अधिकारलाई शसक्त बनाउन बाल क्लव गठन गरिएको छ ।

सिरहा नगरपालिका भित्र सिरहा सदरमुकाममा होटेल तथा विभिन्न पसलहरुमा काम गरिरहेका बाल मजदुर र नगरपालिका भित्र संचालित इटा उधोगहरुमा काम गरिहेको बाल मजदुहरु शेषण विरुद्ध विभिन्न कार्यक्रम गर्ने क्लवहरुले योजना बनाएको छ । नगरलिका भित्र भइरहेको बाल विवाह रोक्न घर-घरमा पुगी वाल विवाहबाट हुने क्षती बारे जनचेतना मुलक कार्यक्रम पनि गर्ने क्लवको प्राथमिकत हुने छ । बाल विवाह रोक्न विद्यालयमा साथिहरुसँग छलफल गरी क्लवका साथिहरुका मोवाइल नम्बर दिई हुन लागेको विवाह पनि ठाउँमै गई रोक्ने सम्म अभियान गर्ने क्लवको संयोजक गणेश दासले बताउनु भयो । 

वडा भित्रका बालबालिकहरुले क्लव गठन गरी प्रस्तुत गरेको योजना बारे जानकारी पाएको सिरहा नगरपालिका वडा नं. ७ को वडाअध्यक्ष उपेन्द्र साह खुशी व्यक्त गरे । वडा भित्रका बालबालिकाहरुका क्रिएटिभ योजना तथा सक्रियाताले वडामा विभिन्न कुरुतीहरुका अन्त्य पकै हुने साहले विश्वास व्यक्त गरे ।

270011295_4531277440303033_2888683619755636623_n

बाल अिधकार तालिम वडाबाट यसरी पहिलो पटक संचालन भएको छ । तर बालबालिकाहरुका उत्साहले स्पष्ट गरिरहको छ , कि भौतिक विकासले मात्र नगरपालिका परिवर्तन हुदैन । यस लागि लक्षीत कार्यक्रमबाट सेचता गर्न सके सामाजिक र आर्थिक विकास पनि सम्भव छ । बालबालिकाहरुका योजनालाई सफल बनाउन वडाका सहयोग रहने साहले प्रतिवद्धता गर्नु भयो ।

बालबालिकाहरुलाई यसरी नै तालिम दिई सामजका विभिन्न कुरुती विरुद्ध अभियानहरुमा जोडन दिन सकिए वालबालिका विभिन्न विकृतीहरुबाट जागिने छ । आजको बालबालिका भोलीको कर्णधार  हो । यस नारालाई थप प्रभावकारी बनाउन बाल अधिकार सम्बन्धी विभिन्न कानूनलाई सबैले संरक्षण गरी कार्यन्वयनमा जोड दिनु पर्ने आजको आवश्यकता रहेको तालिमको प्रशिक्षक र राष्ट्रिय मानव अधिकार आयोगको अधिकृत दीप कुमार यादबले बताउनु भयो ।

बालबालिका अधिकारलाई संरक्षणका लािग अहिले स्थानीय तहका सरकार जवाफदेही हुन जरुरी रहेको छ । स्थानीय तहले लैङ्गिक सामानता बजेट निर्माण गरी विभिन्न लक्षीत वर्गसँगै बालबालिकाहरुका अधिकारलाई थप शसक्त बनाउन सकिने कायक्रम ल्याउन जरुरी छ । बालबालिकाहरु स्थानीय तहको सरकारबाट आफु टाढा रहेको अनुभुतीलाई सरकार बालवालिका हक लगायत आरक्षण प्रतिशतलाई मात्र कार्यन्वयन गराउन सके बालमैत्री वातावरण निर्माण हुने र विभिन्न विकृतीहरु कम हुदै जाने सङोर नेपालको अध्यक्ष बैधनाथ कुमार यादबले बताउनु भयो ।

तालिम कार्यक्रममा वडा नं. ७ श्री चन्द्र नमूना माध्यमिक विद्यालय, बाल मन्दिर माध्यमिक विद्यालय र मोनिङ्ग पाल वोङ्गि स्कुलबाट २२ जना छात्रा र २२ जना छात्र गरी कुल ४४ जनाका सहभागित रहेका थिए ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब