बर्दियामा बस पल्टँदा ३५ जना घाइते

  • माघ २०, २०७८ | ६६३ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिका–३ मा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।

घाइतेमध्ये कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ की ११ वर्षीया शीतला उपाध्याय र सान्नी त्रिवेणी–७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भीर छ । दुवैजनालाई उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा पठाइएको छ ।

सामान्य घाइते भएका ३३ जनालाई उपचारका लागि स्थानीय कौशिल्या अस्पतालमा पठाइएको जनाइएको छ ।

कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस आज बिहान करिब सवा ३ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी १५ मिटर तल पल्टिएको थियो । बस चालक इलाका प्रहरी कार्यालय मोतीपुरको नियन्त्रणमा छन् ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब