सिरहा । दिनहुँ बाक्लो भिड हुने सिरहा सदरमुकामको मुल सडक खतरनाक बन्दै गइरहेको छ । प्रत्येक वर्ष मर्मत भइरहने सिरहा सदरमुकाम बजारको मुल सडक गुणस्तरहिन कार्य हुने भएकाले खतरनाक सडक भएको छ । बजार क्षेत्रमा रहेको खल्डाखुल्डीमा दैनिक रुपमा बाहिरबाट सरकारी सेवाका लागि आउने सेवाग्राहीहरु दुर्घटनामा परिरहेका छन् । प्रत्येक १० मिटर क्षेत्रमा रहेको १÷२ मिटरको लामो खाल्डाखुलीले ठुलो दुर्घटना गराइरहेको छ । दुर्घटनामा स्थानीयवासी पनि दिनहुँ परिरहेको बजारमा फोटोकापी पसल चलाइरहेको व्यपारी सुनिल कुमार पन्जियारले बताए ।
ट्राफिक चौकदेखि सुरु हुने मुख्य सडक रामजानकी चौकसम्म करिब २ किलोमीटर मुख्य सडकको खाल्डाखुल्डी जोखिमपूर्ण रहेको छ । महावीर चौक, हटिया गेट, जिल्ला अदालत नजिक, हेमनारयाण चौक, क्याम्पस गेट, जिल्ला प्रशासन गेट, जिल्ला प्रहरी गेट, ट्राफिक चौकसम्म सडकमा सानादेखि ठूला खाल्डाखुल्डी रहेको छ । सडकमा खाल्डाखुल्डी भएकोले जोखिम पनि बढेको छ । दुर्घटनाको जोखिम उच्च छ । तैपनि सरोकारवाला निकायको आँखा परेको छैन् ।

माडर–सदरमुकाम सिरहा–चोहर्वा सडकखण्ड सडक डिभिजन कार्यालय लहानको क्षेत्राधिकारभित्र पर्छ । सहायक राजमार्ग भएकोले पनि यसको मर्मत र स्तोरोन्नतीको काम सडक डिभिजन कार्यालय अन्र्तगत रहेको छ । सदरमुकाम सिरहाको खाल्डाखुल्डी सडकवारेमा सडक डिभिजन कार्यालय लहानका प्रमुख रामकुमार देवले भन्छ, कालोपत्रे मर्मतको लागि टेण्डर आह्वान भई सम्झौताको क्रममा रहेको छ। आवश्यकता अनुसार ठाउँठाउँमा मर्मत गरिने डिभिजन प्रमुख देवको भनाई छ । वर्षौदेखि सदरमुकाम सिरहाको मुख्य सडकको अवस्था दयनीय हुँदा पनि डिभिजन कार्यालय निर्माण व्यवसायी कुर्दै छन् । ६ महिना भित्र नयाँ मर्मत भएको सडक को आर.सि.सि. ढलानमा पनि खाल्डाखुल्डी देखिन थालेको छ ।
सदरमुकामको सौन्दर्यताको लागि सडकको सफासुग्घर नगरपालिकाले दैनिक रुपमै गरिरहेको छ । यादि यस्तो जिर्न सडकलाई नगरपालिकाले सरसफाई नगरेको भए सडक कचरा नालीको रुपमा परिणत हुने थियो । दैनिक रुपमा सरसफाइ भएकै कारण बजारमा व्यपार संचालन गर्न सहज भईरहेको व्यपारी फुलो देवी दासले बताइन् ।

सदरमुरमुकामको सहयाक सडकहरु कालोपत्र भैसकेको छ । तर बजार क्षेत्रका मुल सडक नगरपालिकाको क्षेत्राधिकार भित्र नपरेकोले कार्य गर्न नसकेको सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताउनु भयो । सडक मर्मतका लागि सिरहा नगरपालिकाले बारम्वार दागेदा गरेपनि सडक डिभिजन कार्यालयले समस्या सामाधान गर्न पहल गरको छैन् । नगरपालिकाले आफ्नै स्रोेत साधानबाट सडकको खाल्डाखुल्डी मिलाउने कार्य नगरेको होइन् । तर सडकमा बाक्लो गाडीको चापका कारण फेरि पुरोनै अवस्थामा पुग्छ । सडकको समस्या सामाधानका लागि नगरपालिका तयार अवस्थामा रहेकोले सदरमुकाम क्षेत्रका सम्पूर्ण सरोकारवाल पनि जागरुक हुनु पर्ने आवश्यकता रहेको प्रमुख यादबले बताए ।
नगरपालिकाले मुल सडक समस्या सामाधानका लागि नगरपालिकाबाट पटक –पटक पत्रद्धारा र मौखिक रुपमा पनि अनुरोध गर्दै आइरहेको छ । सडक नगरपालिका क्षेत्रभित्र नपरेको हुनले नगरवासीलाईृ दुःख भोग्नुपरिरहेको छ ।
सडकका समस्या सामाधानका लागि जिल्ला प्रशासन कार्यालयमा पनि धेरै पटक छलफल भइसकेको छ । तर पनि सडक डिभिजन कार्यालय कनमा तेल हालेर बसेको छ । सडक समस्या जाँडै सामाधान नभए कडाकदम चालिने सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादबले बताउनु भयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved