औरहीमा साधुले खुवाए ५२ मण्डलका साधुसन्तलाई भोज

  • फागुन १५, २०७८ | ८२० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । मधेसमा कसैको निधन, विवाह, पूजापाठ र अन्य कार्यक्रममा भोज (भण्डारा) गर्ने चलन छ । अहिलेको समयमा सय/दुई सय साधुसन्तलाई भण्डारा खुवाउन मुस्किल पर्छ । तर सिरहाको औरही गाउँपालिका ३ तुलसीपुरमा एक साधुले ५२ मण्डलका साधुसन्तलाई भण्डारा गरेका छन् ।

साधु विष्णु दास बावा र उनका सहयोगी भागरथ दास ९राजीव ठाकुर०ले यति ठूलो भण्डारा गरेर धेरैलाई चकित पारेका हुन् । तुलसीपुरको गागन नदी किनारमा एउटा राधाकृष्ण मन्दिर छ । त्यहाँ ति बाबाले १५ दिने श्री श्री १००८ श्री विष्णु महायज्ञको आयोजना गरेका थिए । महायज्ञको अन्तिम दिन शनिवारमा विशाल भण्डाराको आरोपना गरेको थियो ।

भण्डारामा ५२ मण्डलीका करिब ३ हजार बढी साधुसन्त र हजारौं सर्वसधारण गरी करिब १० हजार मानिस भोज ९भण्डारा० खाए । भण्डारा अबेर रातिसम्म चल्यो । स्थानीयका अनुसार भण्डारामा सहभागी हुन दक्षिणमा गंगा ९भारत०, पूर्वमा कोशी, उत्तरमा पहाड र पश्चिममा जनकपुर क्षेत्रका सबै साधुसन्ध सहभागी थिए ।

भण्डारा गर्न झण्डै ३५ लाखभन्दा बढी रुपैयाँ खर्च भएको छ । भण्डारामा सहभागी साधुसन्तलाई करिब ६ लाखभन्दा बढी त दक्षिणा ९दान० नै गरिएको छ । ५२ मण्डलीमा ५७८ महन्थ नै थिए । उनीहरुलाई १ हजारका दरले दक्षिणा र धोती समेत प्रदान गरियो । अन्य साधुसन्तलाई पनि दान गरिएको स्थानीय बताउँछन् ।

महायज्ञको आयोजक मुख्य बाबा विष्णु दास ११८ वर्षका छन् । तर उनले यति ठूलो भण्डारा र महायज्ञ सफल पारेर स्थानीयलाई चकित पारे । अचम्म त के भने भण्डारा र महायज्ञ चन्दा उठाएरै गरे । स्थानीय ३५ वर्षीय विवेक यादव भन्छन्, ‘अहिलेसम्म यति ठूलो भण्डारा हेरेको थिएनौं । बाबाले सबैलाई चमत्कार गर्नुभयो । यो सब भगवानको कृपाले भयो ।’

वर्षौको प्रयासपछि महायज्ञ र भण्डारा गरिएको उनको भनाई छ । भण्डारा गर्न गाउँका सयौं मानिस निःशुल्क खटेका छन् । भात, तरकारी, दाल, अचार लगायतका पकवान तयार पार्न करिब १२ घण्टा बढी समय लागेको थियो ।

साधुसन्त र श्रद्धालुलाई भोजन गराउन स्थानीयलाई हम्मेहम्मे परेको थियो । विश्वभर अशान्ति मचेकाले शान्तिको कामना गर्दै महायज्ञ र ५२ मण्डलका साधुसन्तलाई भण्डारा खुवाएको आयोजक मुख्य बाबा विष्णु दासले बताए । उनले भने, ‘गरियो भने केहि असम्भव छैन । यो सबै भगवानको दयाले सम्भव भयो । सबैको परिवारमा सुःख शान्ति होस् भन्ने कामना छ ।’

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब