सप्तरीमा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप

  • फागुन २०, २०७८ | ५२२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सप्तरीको राजविराजमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न पुगेका जनमतका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीको लाठी चार्जबाट जनमतका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् ।

घाइते हुनेहरुमा संजय यादज, राजेश यादव, साधन दास, कल्पना यादव र प्रभु यादव रहेको जनमत पार्टीले जनाएको छ । उनीहरुले स्थानीय अस्पतालमा उपचार गराएका छन् ।

स्थानीय तहको निर्वाचनअघि किसानहरुले उठाएका मागहरु सम्बोधन हुनुपर्ने र साना राजनीतिक दलहरुलाई चुनाव चिन्ह प्रदान गर्नुपर्ने लगायतका माग राखेर पूर्व घोषित कार्यक्रम अनुसार जनमतका कार्यकर्ता निर्वाचन कार्यालय धर्ना दिन पुगेको थियो ।

प्रहरीले लाठी चार्ज गरेर कार्यालय अगाडी धर्ना बस्न नदिएपछि जनमतका कार्यकर्ताहरु सडकमै धर्ना बसेका थिए । उनीहरु सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब